ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

उवासंघको तोडिएन इतिहास ! अधिकाशं संस्थापन प्यानलकै

by चितवन पोष्ट
२०७० माघ २, बिहीबार ०३:२७ गते
in अर्थ
0
0
SHARES
Share on FacebookShare on Twitter

-विधुर ढकाल
नारायणगढ । उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वको लागि हुने हरेक पटकको निर्वाचनमा दुई प्यानल प्रष्ट देखिँदै आएको छ । एक संस्थापन प्यानल र अर्को बाहिरी प्यानल । हरेक पटक बाहिरी प्यानलले संस्थापन प्यानलको सेण्डिकेट तोड्ने भन्दै निर्वाचनका नारा ल्याउँदै आएको छ, तर पनि उक्त नारा यसपटक पनि सफल हुन सकेन ।
फेरि पनि संघमा पुरानै इतिहासले निरञ्न्तरता पाएको छ । संघको सम्पन्न सत्रौँ अधिवेशनबाट अध्यक्ष पदमा संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष कल्याण जोशी निर्वाचित भएका छन् । संघको आगामी दुई वर्षे कार्यकालको लागि ९३३ मत प्राप्त गर्दै जोशी निर्वाचित भएका हुन् । हरेक पटक संघलाई एकलौटी ढंगले चलाएको भन्दै संस्थापनको सेण्डिकेट तोड्न उभिएका श्रीभक्त अच्युत वाग्ले ५०७ मतको भारी मत अन्तरले पराजित भएका छन् । उनले ४२६ मत प्राप्त गरेका थिए ।
यसअघि पनि संस्थापन पक्षको सेण्डिकेट तोड्ने भन्दै उभिएका ज्ञानेन्द्रमान शाक्य पनि पराजित भएका थिए । वाग्ले प्यानलमा रहेका अधिकांश उम्मेदवारहरुले पराजयको स्वाद चाख्न परेको छ ।
वाग्ले नेतृत्वको प्यानललाई नेपाली कांग्रेसको जिल्ला समितिले विजयी गराउन लबिङ गर्दै आफू निकटका उद्योगी व्यवसायीलाई विजयी गराउन ह्वीम नै जारी गरेको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा संस्थापन पक्षका सहनलाल प्रधान विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी राजन गौतमलाई ९६ मतको अन्तरले पराजित गरेका हुन् । प्रधानले ७२७ मत प्राप्त गरे भने गौतमले ६३१ मत पाए ।
त्यस्तै उद्योगतर्फको उपाध्यक्ष पदमा निवर्तमान द्वितीय उपाध्यक्ष राजु श्रेष्ठ विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी निवर्तमान तृतीय उपाध्यक्ष ऋषिराम लामिछानेलाई ६ मतको झिनो अन्तरले पराजित गरी निर्वाचित भएका हुन् । श्रेष्ठले ६७९ मत ल्याए भने लामिछानेको ६७३ मत पाए ।
कर्पोरेट तर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्वाचित भएका छन् । उनले ७२२ मत पाउँदा उनका प्रतिद्वन्द्वी प्रद्युम्न सापकोटाले ६३७ मत प्राप्त गरे । त्यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा चुननारायण श्रेष्ठले ८६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी खोमकान्त रेग्मीले ४६१ प्राप्त गरे ।
बुधबार बिहानसम्म मतगणनामा राजु पिया एक हजार ७३, सुमनकुमार श्रेष्ठ एक हजार ७२, दिनेशकुमार थपलिया एक हजार ३५, रोहित श्रेष्ठ ९९६, सिद्धार्थलाल चुके ९७१, ऋिषीराम पौडेल ९१२ मतका साथ उद्योगतर्फको सदस्यमा विजयी भएका छन् ।
त्यस्तै, वाणिज्यतर्फको सदस्य पदमा विष्णुप्रसाद कँडेल एक हजार ८, बालकृष्ण कँडेल ८९६, नारायण प्रधान ८५९, माधवप्रसाद पौडेल ७९६, सुरेशकुमार श्रेष्ठ ७९२, राजेन्द्र ओली ८०५ का साथ विजयी भएका छन् ।
वस्तुगततर्फको सदस्यमा बालकृष्ण कँडेल, दिपेन्द रामुदामु, शंकर नेपाल र मधुविलास अधिकारी निर्वाचित भएका छन् । यस्तै कृषितर्फको सदस्यमा नवीन कँडेल निर्वाचित भएका छन् । उनले ८२७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नवीन घिमिरे ५९० प्राप्त गरे ।
अधिवेशन सोमबारदेखि सुरू भएको थियो । यसअघि महिलातर्फ मुना गुरूङ, शिक्षातर्फ विष्णु धिताल, स्वास्थ्यतर्फ हिरामान महर्जन, पर्यटनतर्फ पुष्पनिधि लोहनी, क्षेत्रीय संघबाट केशवराज पाठक निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै कर्पोरेटतर्फका दुई सदस्यहरुमा भोजराज कौडाल र रामशरण सिलवाल पनि निर्विरोध निर्वाचित भएका थिए ।

Related Posts

Chitwan Post

इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा

Auto Draft

लक्ष्मीलाई स्मार्ट फोन उपहार

Chitwan Post

भरतपुर जनसेवा साकोसको तालिम

Discussion about this post

अन‌ि यो पनि

दाइ भेट्न ‘विप्लव’ चितवन कारागारमा (भिडियो सहित)
प्रमुख समाचार

दाइ भेट्न ‘विप्लव’ चितवन कारागारमा (भिडियो सहित)

भरतपुर । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले आइतबार भरतपुर कारागारमा पुगी आफ्ना दाई वीरजंगसँग भेटघाट गरेका छन् । छोरा प्रकाशसँगै...

Read more
ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने सर्वोच्चको फैसला

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने सर्वोच्चको फैसला

कोभिड–१९ बाट भारतमा १ लाख ५४ हजार बढीको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा दुई नेपालीको निधन

सरकारमा जाने नजाने महत्त्वपूर्ण कुरा होइन : नेता बाँस्तोला

सरकारमा जाने नजाने महत्त्वपूर्ण कुरा होइन : नेता बाँस्तोला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In