माछाका परिकारले तान्यो उपभोक्ता

अन‌ि यो पनि

होमनाथ सापकोटा
रत्ननगर । माछाको व्यवसायिक प्रबद्र्धनको लागि रत्ननगर महोत्सवमा व्यवसायीहरुले माछाको बहुआयामिक परिकार बनाएर उभोक्ताहरुलाई आकर्षित गरेका छन् ।
माछाका विभिन्न परिकार बन्छ भन्ने हेक्का नभएका उपभोक्ताहरुलाई व्यवसायहरुले माछाका १५ वटा परिकार बनाएर उपभोक्तालाई चखाउने गरेका हुन् । गाउँघर तथा रेष्टुरेन्टहरुमा माछाको फ्राई र ग्रेबीमात्र खाएका उपभोक्ताहरुले महोत्सवमा व्यवसायीहरुले बनाएका माछाका परिकार खाएर सन्तुष्ट हुने गरेका छन् ।
चितवन मत्स्य व्यवसायी संघद्वारा सञ्चालित माछा परिसर अवलोकन गर्न आउने दर्शकहरुले विशेषगरी माछाको मम बढी रूचाउने गरेको संघका अध्यक्ष जोगेन्द्र महतोले बताउनुभयो । ‘हामीले धेरै परिकार बनाएर उपभोक्तालाई चखाएका छौँ’ अध्यक्ष महतोले भन्नुभयो, ‘माछाको बहुआयमिक परिकार बन्छ भन्ने जानकारी गराउने र व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्य पनि हो । उहाँले माछाको कुन परिकार कसरी बनाएर खाने भन्ने जानकारीसमेत उपभोक्तालाई दिने गरेको बताउनुभयो ।
महोत्सवमा आउने अधिकांशले माछाको मम र सेकुवा मन पराउने गरेको अध्यक्ष महतोले बताउनुभयो । भरतपुरको कृष्णपुरकी अनुराधा गुरुङले माछाको मम र सेकुवा पहिलो पटक खाएको बताउनुभयो । ‘निकै स्वादिलो हँुदो रहेछ’ उहाँले भन्नुभयो, ‘माछाको फ्राई र ग्रेबी त घरमा बनाएरै खाएको हो तर मम र सेकुवा भने पहिलो पटक खाने अवसर जु¥यो’ । महोत्सव परिसरमा माछाको आधुनिक पोखरी, माछापालन गर्ने तरिकाको ज्ञान दिने तथा श्रव्यदृश्यमार्फत माछापालनको बारेमा जानकारी दिँदै आइएको छ ।
माछा परिसर अवलोकन गरेर टिकट लिनेलाई तीन महिना सम्म तोकिएको पसलमा माछा खरिद गर्दा प्रतिकिलो २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको अध्यक्ष महतोले बताउनुभयो । चितवनमा माछाको प्रवद्र्धन गरी नमुना बनाउन यस पटकको महोत्सवमा माछा व्यवसायको प्रवद्र्धनमा जोड दिइएको महोत्सव मूल समारोह समितिका संयोजक दीपककुमार कर्माचार्यले बताउनुभयो । विदेशबाट भन्सार छलेर अवैैध रुपमा आयत हुने माछाका कारण चितवनमा उत्पादन हुने माछाको बजारीकरणमा समस्या आउने गरेको छ ।

महोत्सवमा केराको बजार

यसैबीच काँचो केराबाट विभिन्न परिकारहरु बन्छन् भन्ने बुझाउन र केरासम्बन्धी थप जानकारीको लागि रत्ननगर महोत्सव २०७० मा केराको एउटा छुट्टै स्टल राखिएको छ ।
केरालाई पकाएर मात्र होइन, काँचै पनि विभिन्न परिकारहरु बनाउन सकिने र यसरी बनेका परिकारहरुले विभिन्न किसिमका रोगीहरु जस्तै मधुमेह, ग्याष्टिक आदि रोगहरुलाई पनि फाइदा पु¥याउने केरा स्टलका मुस्कान काप्रीले जानकारी दिनुभयो ।
उहाँले स्टलमा बसी केराको मःम, चिप्स, मुगाको अचार र केसाको अचार बनाई बिक्री गरिरहनु भएको र यी परिकारका लागि ग्राहकहरु पनि अत्यन्त बढ्दो क्रममा रहेको उहाँले बताउनुहुन्छ । केराहरु रत्ननगर ९, १० र ११ बाट संकलन गरिएको मनिष पुडासैनीले जानकारी दिनुभयो ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया