भरतपुर । जिल्ला वन कार्यालय चितवनले काठ नदिएपछि भरतपुरको टिम्बर कोर्पाेरेसन असार महिनादेखि कामविहीन भएको छ । कार्यालयका ६ जना कर्मचारी कार्यालयमा काठ चिरानको काम नभएपछि घाम लागे घाम ताप्ने, घाम नलागे आगो ताप्ने गरेर दिन बिताइरहेका छन् ।
पाँच वर्षको योजना सकिएको र नयाँ योजना तयार नभएकाले जंगलबाट काठ कटानकै काम नभएकाले जिल्ला वन कार्यालय चितवनले काठ दिन नसकेको टिम्वर कोर्पाेरेसन भरतपुर शाखा कार्यालयका प्रमुख महेश लेखकले जानकारी दिनुभयो । जिल्ला वन कार्यालयले योजना निर्माणको क्रममा रहेको र वातावरणीय परीक्षण सकिएपछि विभागबाट स्वीकृत गराएर लागू गरिने जानकारी दिएको छ । चैतसम्म टिम्बर कोर्पाेरेशन कामविहीन हुने अवस्था छ ।
Discussion about this post