रत्ननगर । रत्ननगरको टिकौलीचौरमा प्रस्तावित क्षेत्रीय रंगशाला निर्माणको लागि पहल गरिदिन रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारीहरुले खेलुकद मन्त्रालयका सचिव हरिप्रसाद नेपालसँग आग्रह गरेका छन् ।
संघका पदाधिकारीहरुले रत्ननगरको टिकौलीमा जारी महोत्सव सचिवालयमा बुधबार अन्तत्र्रिmया गरी सचिव रंगशाला निर्माणको लागि पहल गरिदिन आग्रह गरेका हुन् । टिकौलीमा रंगशाला निर्माणको लागि प्रक्रिया चलिरहेकै बेला वन्यजन्तु र जैविक विविधतालाई असर गर्ने भन्दै वन मन्त्रालयले रोकेपछि रंगशाला निर्माणको काम अनिश्चित बनेको थियो । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक कुमार कर्माचार्य, महासचिव देवेन्द्र कुमार श्रेष्ठ,रत्ननगर नगरपालिकाका संस्थापक नगरप्रमुख नारायण वनलगायतका व्यवसायीहरुले रंगशाला निर्माणको लागि पहल गरिदिन मन्त्रालयका सचिव नेपाललाई आग्रह गरेका थिए । व्यवसायीको आग्रह सुनेपछि मन्त्रालयका सचिव हरिप्रसाद नेपालले टिकौलीमा क्षेत्रीयस्तरको रंगशाला निर्माणको लागि पहल गर्ने बताउनुभयो ।
त्यससैगरी गैंडाकोट उद्योग वाणिज्य संघको टोलीले रत्ननगर महोत्सवको अवलोकन गरेको छ । संघका अध्यक्ष अमृत भट्टचनको नेतृत्वको १२ जना व्यवसायीको टोलीले महोत्सवको अवलोकन गरेको हो ।
Discussion about this post