ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जनप्रतिनिधिहरुलाई अनुरोध

–जोन कँडेल

by namastec
२०७५ भाद्र २२, शुक्रबार ०७:१७ गते
in पाठक पत्र
0
4
SHARES
Share on FacebookShare on Twitter

आदरणीय जनप्रतिनिधिज्यूहरु,

देशको वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर देशको आर्थिक, सामाजिक, सांस्कृतिक विकास र समृद्धिको दिशामा अघि बढिरहेको यहाँहरुलाई सर्वविदितै छ । सरकारको उद्देश्य पूरा गर्न देशको यस वर्तमान परिस्थितिमा स्थानीय सरकारका जनप्रतिनिधिज्यूहरुले आफ्नो नगर/गाउँका जनताको समस्या र गुनासाप्रति त्यति चासो राखेको देखिँदैन । जनप्रतिनिधि भैसकेपछि जनताको साथ लिएर नगर/गाउँको विकास र समस्या न्यूनीकरण गर्न अघि बढ्नुपर्छ भन्ने सोचमा विकास भएको पनि देखिँदैन । जनप्रतिनिधिले राष्ट्रसेवक कर्मचारीले जस्तो अफिसमा बसेर यसो गर्नुस् उसो गर्नुस्, यस्तो लिएर आउनुस् उस्तो लिएर आउनुस् भन्ने मात्र होइन । जसरी भोट माग्न घरघर, खेतखेत र आलीआली पुग्नुभएको थियो, त्यसैगरी जनताको घरघर गएर जनताका गुनासा सुन्ने गर्नुपर्छ । हरेक शनिबार बिहान २–४ घन्टा घर विभाजन गरेर जनताका समस्या सुनिदिने बानी गर्नु उपयुक्त हुनेछ ।

आफ्नो नगर/गाउँमा भएका केही गरौँ भन्ने आकांक्षा भएका युवाहरुलाई साथ लिएर समग्र क्षेत्रको विकास र समृद्धिका लागि छलफल गर्नुहोस् । समय–समयमा आर्थिक व्ययभार नलाग्ने केही चेतनामूलक कुराहरु सिकाउँदै हिँड्नुहोस् । उदाहरणका लागि चुनावको समयमा जस्तै प्रत्येक घरघर पसेर घरवरिपरि फोहोर नगर्नुस्, सफा राख्ने गर्नुस्, म अर्कोपटक आउँदा सफा हुनुपर्छ भन्दिनुस्, त्यो घरवरिपरि सधैँ सफा हुनेछ । जनप्रतिनिधिप्रति जनताको विश्वास, माया र आस्था हुन्छ । त्यस्ता जनता छन्, जो जनप्रतिनिधि घरमा आउँदा पनि हर्षित हुन्छन् । त्यस्ता जनताको मुहारमा खुसी छर्ने काम गर्नुस् । एकपटक हरेक घरमा गएर सोध्नुस् त तपाईंका समस्या के के छन् भनेर, अनि उनीहरुका अनुहार पढ्नुस् । जनताका चाहना कति सरल र कति आवश्यकीय लाग्छन् भन्ने कुरा बुझ्नुहुने छ ।
तपाईं डुल्नुस्, आफ्नो नगर/गाउँभित्रका कुनाकुनाका सडकमा र सडकका खाल्डा पुर्न पहल गर्नुस् । कति नै खर्च लाग्ला र ग्राभेलले खाल्डा पुर्न ! श्रमदान गर्न इच्छुक युवा समूह र टोलवासीलाई अनुरोध गर्नुहोस्, ग्राभेल सम्मिने छ । सम्याएपछि रोलर लगाइदिनुस्, सडकको समस्या समाधान हुने छ । गर्न इच्छाशक्ति निकाल्नुहोस्, सजिलै सकिन्छ । तर, इच्छाशक्ति नै छैन भने विभिन्न बहाना बनाएर उम्किने प्रयासमात्र हुनेछ ।

आफ्नो वार्डको फोहोर समयमा उठे/नउठेको कहिल्यै हेक्का राख्नुभएको छ तपाईंहरुले ? जनताले आफ्नो काम गर्ने हो र जनतालाई सुविधा तपाईंहरुले दिने हो । यो काम गर्न त बजेट चाहिँदैन नि !

के गर्नुहुन्छ तपाईंले जनताका लागि ? आआफ्नो पार्टीको आस्था भएको व्यक्ति बोकेर उनीहरुका स्वार्थको काममात्र गरेर देश समृद्ध हुँदैन । विपक्षी दलका व्यक्तिसँग प्रतिशोध साधेर न देश बन्छ, न समाज नै सुध्रिन्छ ।

तपाईंले मेरो वार्डमा कति अपांगता भएका व्यक्ति छ्न र कसरी जीवनयापन गरेका होलान् भनेर कहिल्यै बुझ्नुभएको छ ? मेरो वार्डमा कति बालबालिका स्कुल जानबाट वञ्चित छन् भनेर कहिल्यै महसुससम्म गर्नुभएको छ त ? मेरो वार्डमा मेरा जनता जातीय विभेदको शिकार भएका त छैनन् भनेर बुझ्नुभएको छ कहिल्यै ? सामाजिक विषयमा जनतालाई खुसी दिन बजेट चाहिँदैन जनप्रतिनिधिज्यूहरु ।

नगर/गाउँभित्र रहेका हरेक इच्छुक युवाहरुलाई स्वयंसेवकका रुपमा परिचालित गरेर सँगै डो¥याएर बिनाबजेट पनि धेरै चेतनामूलक कार्यहरु गर्न सकिन्छ । समाज रुपान्तरण र विकास असारमा बाटोमा कालो टालो हालेरमात्र हुँदैन । जनताको प्रतिनिधि भैसकेपछि दलको पट्टी फुकाएर काम गर्न सम्पूर्ण स्थानीय सरकारका जनप्रतिनिधिज्यूहरुलाई विनम्र अनुरोध गर्दछु । -john1feb@gmail.com

Related Posts

Chitwan Post

नगर प्रहरी र फुटपाथ व्यवसायीबीच लुकामारी (सम्पादकलाई चिठी)

डा खतिवडा इफेक्टकर दाखिला गर्ने अन्तिम मिति असार ७, २०७७ साल

लकडाउन डायरी (पाठक मत)

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In