हेटौँडा । माघे सङ्क्रान्तिको अवसरमा हेटौँडा नगरपालिका वडा नं ९ त्रिवेणी कुष्माण्डमा एक महिने कुष्माण्ड महोत्सव सुरु भएको छ । सामूहिक रुपमा ब्राह्मणहरूद्वारा वैदिक मन्त्र वाचन गराई महोत्सव शुभारम्भ गरिएको थियो ।
सो एक महिने महोत्सवका दौरान श्रीमद्भागवत यज्ञ, कुभिन्डो दान, सामूहिक व्रतबन्ध गर्ने कार्यक्रमका साथै कुष्माण्ड भगवतीको मूर्ति स्थापना गरिने महोत्सव आयोजक समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले बताउनुभयो । त्रिवेणी कुष्माण्डको हाताभित्र १०४ वटा स्नान गर्ने धारा जडान गरिएको बताइएको छ । यो ठाउँ हेटौँडा बजारबाट करिब पाँच किलोमिटर पश्चिम राप्ती र कर्रा नदीको बीचमा पर्दछ ।
Discussion about this post