ADVERTISEMENT
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

उपचारमा लापरबाही रोक

by चितवन पोष्ट
२०७० माघ १, बुधबार ०४:०५ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

चिकित्सकको लापरबाहीका कारण सर्वसाधारणलाई उपचार गर्न त्रास उत्पन्न हुने गरेको छ । चिकित्सकका लापरबाहीले गर्दा सामान्य बिरामीको अनाहकमा ज्यान जाने गरेको छ । शल्यक्रियाजस्तो संवेदनशील विषयमा हेलचेक्र्याइँ गर्दा सामान्य बिरामीको अवस्था जटिल बन्ने गरेको छ । चिकित्सा क्षेत्रमा दिनहुँजसो लापरबाहीका घटना हुने गरे पनि कतिपय घटना बाहिर नआउँदा चिकित्सकहरुको मनोमानी बढ्दै गएकोे छ । उनीहरु संवेदनशील हुन सकेका छैनन् भने लापरबाही पनि घट्न सकेका छैनन् । चिकित्सा पेसा चुनौतीको हो । कहिलेकाहीँ होसियारी अपनाउँदा पनि अपवादमा कुनै घटनाहरु घट्नु सामान्य मानिन्छ । उपचारका क्रममा बिरामीलाई बचाउने प्रयास गर्दागर्दै मृत्यु हुने गरेका घटनालाई पनि सामान्य रुपमा नै लिनुपर्ने हुन्छ । चिकित्सकहरु आफैँमा भगवान् होइनन्, तर उनीहरुले जटिल अवस्थाका तथा आश मारेका बिरामीलाई समेत बचाएर भगवानतुल्य मानिएका पनि छन् । त्यसैले, चिकित्सकहरुमा पेसागत इमानदारिता र संवेदनशीलता हुनैपर्छ ।
नेपालमा मृत्युको मुखमा रहेका बिरामीलाई पुनर्जीवन दिएर चिकित्सकहरु लोकप्रिय बनेका पनि छन् । कति चिकित्सकहरुले बिरामीलाई छोइदिएर मात्र आधा रोग ठीक भएका उदाहरण पनि छन् । तर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले एक किशोरीको पाठेघरको शल्यक्रिया गर्दा मिर्गौलासमेत झिकिदिएको खबर सञ्चारमाध्यममा आएको छ । तर, बिरामीका आफन्तले भने ६ दिनपछि मात्र पाठेघरको शल्यक्रिया गर्ने क्रममा मिर्गौलासमेत झिकिएको थाहा पाए । अहिले ती किशोरीका परिवारका सदस्यले चिकित्सकले लापरबाही गरी मृर्गौला झिकेको भन्दै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको मागसहित प्रहरीमा निवेदन दिएका छन् । यति ठूलो लापरबाही देखिँदा पनि प्रतिष्ठान व्यवस्थापन मौन देखिनुले यो घटना रहस्यपूर्ण बनिरहेको छ ।
चिकित्सकको यस्ता लापरबाही यसअघि पनि मिडियामा आइरहेका छन् । चितवनको एक अस्पतालमा चिकित्सकले घाँटीको शल्यक्रिया गर्नुपर्ने बिरामीको पाठेघर निकालिदिएको घटनाले त्यसबेला सर्वसाधारणमा आतंक मच्चाएको थियो । उपचारमा लापरबाही भएर बिरामीको मृत्यु भएको भन्दै सर्वसाधारण आक्रोशित हुँदै आएका घटना दर्जनौँ छन् । सर्वसाधारणलाई परेको मर्का तथा लापरबाहीका घटनाहरु कतिपय त्यत्तिकै सेलाइरहेका छन् । चिकित्सकहरुबाट हुने गरेका लापरबाहीबारे सर्वसाधारणमा कमै जानकारी हुने कारण यस्ता घटनाहरुको पुनरावृत्ति भइरहेको छ । तर, चिकित्सा पेसा मर्यादितभन्दा बढी लापरबाही र सर्वसाधारणको नजरमा अविश्वासिलो बन्दै गइरहेको पाइएको छ । उपचारमा त्रुटि नै नहुने भन्ने होइन, तर चिकित्सकको एउटा सानो गल्तीले बिरामीको ज्यानै जान पनि सक्छ । एउटा लापरबाहीले शारीरिक अवस्थामा जटिलता ल्याउन सक्छ । यस्ता घटनाबाट पाठ सिकेर चिकित्सकहरु आफैँमा जिम्मेवार बन्नु जरूरी छ ।

Related Posts

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

Chitwan Post

प्रधानमन्त्रीको सम्बोधनले उठाएका सवाल

शुभ रहोस् नववर्ष !

शुभ रहोस् नववर्ष !

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

भाषामा सीमातीत चीरहरण !

भाषामा सीमातीत चीरहरण !

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In