ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘बाल बगैंचा’का दुई बालिकाको सञ्चार मोह

by चितवन पोष्ट
२०७० माघ १, बुधबार ०४:०३ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

–कल्पना भट्टराई
नवलपरासी । सुनवलकी विपना पौडेल र परासीकी देविसा लामिछाने हप्ताको दुई दिनको समय आफ्नै उमेर समूहका बालबालिकाका लागि छुट्याएका छन् । स्कुलको पढाई र घरको अध्ययनसँगै उनीहरुले बिहीबार र शनिबारको दिनलाई बालबालिकाको क्षेत्रमा छुट्याएका हुन् ।
उनीहरु दुवैको घर ९ कि.मी.को दूरीमा रहेको छ । परासी सदरमुकामदेखि ९ कि. मि. टाढा रहेकी सुनवलकी विपना लुम्बिनी उच्च माविमा कक्षा ९ मा अध्ययरत छिन भने देविसा परासीस्थित लिटिल एन्जेल्स उच्च माविमा ८ कक्षामा पढ्दैछिन् ।  दुवै १३ वर्षका छन् ।
विभिन्न बाल क्लब र बाल सञ्जालमा आबद्ध दुवै जनाले आफूहरु सरिक हुने बाल कार्यक्रमका गतिविधि र बालबालिकाहरुले गरेका उदाहरणीय कामहरुलाई सञ्चारमाध्यमले कम प्राथमिकता दिएको महशुस गर्दै उनीहरु सञ्चारमाध्ययममा संलग्न हुने अठोटका साथ अगाडि बढ्ने सोच बनाए । उनीहरु दुवैको चाहना पूरा गरिदियो स्थानीय सामुदायिक रेडियो सुनवलले ।
गत असारदेखि प्रसारण सुरु गरेको रेडियोमा बाल कार्यक्रम चलाउने लक्ष्य लिएर गएकी विपना र बाल गीत रेकर्ड गराउन गएकी देविसाको पहिलो भेट पनि रेडियोमै भयो । दुवैको लक्ष्य एउटै भएपछि सामुहिक बाल कार्यक्रम सञ्चालन गर्ने सल्लाह भयो । उनीहरु अहिले रेडियोबाट हरेकहप्ता बाल बगंैचा नामक साप्ताहिक बाल कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
सुरुमा त कार्यक्रम चलाउन डर लागेको थियो । दुई महिनासम्म रेकर्ड गरेर कार्यक्रम चलायाँै । अहिले त लाइभ चलाउँछौ– दुवैजनाले भने । रेडियो कार्यक्रममार्फत बालबालिका समाचार र बाल कार्यक्रमका गतिविधिहरु आउन थालेपछि केही साथीहरुले पत्रकार आए भन्दै ठट्टा गर्ने गरेको पनि बताए । रेडियो कार्यक्रम चलाउने भएपछि विभिन्न स्कुल र संघसंस्थाले गर्ने कार्यक्रममा पनि हामीहरुलाई नै बोलाउने गरेका छन् । उनीहरुले भने—वास्तवमै हामी दुवैले सल्लाह पनि गरेका छौँ पछि गएर पत्रकारितामा नै संलग्न हुने भनेर  ।
कार्यक्रममा सहभागी भएका गतिविधि आफ्नो बाल कार्यक्रममा त प्रसारण हुन्छ नै रेडियोका समाचार शाखाका दाजु र दिदीहरुलाई पनि समाचार बनाएर प्रसारण गर्न भन्छौ । अनि रेडियोमा बालबालिकाहरुको नाम आएपछि साथीहरुले पत्रकार भएछौ भनेर भन्छन्, देविसा र विपनाले एकै स्वरमा भने ।
हरेक हप्ताको बिहीबार दुवै जनाले कार्यक्रमका लागि विषयवस्तु चयन गर्ने दिन छुट्याएका छन् । फोनबाट दुवैले एकअर्कालाई चयन गरेका विषय बस्तुका बारेमा जानकारी गराएपछि कार्यक्रम प्रसारणका लागि दुवै जनाले एउटै विषयबस्तु चयन गर्छन् । अनि दुवैको भेट हुन्छ शनिबार रेडियो स्टेशनमा । अनएअर मा जानुअघि केही समय सोही विषयमा अभ्यास गर्छन् । कार्यक्रमका लागि आवश्यक पर्ने बालगीत, रेडियो कार्यक्रमका लागि आफूले ल्याएका अन्तर्वार्ता र बाईटहरु छाटेर मिलाउन प्राविधिक दाइहरुको सहयोग लिन्छाँै उनीहरु भन्छन् । सुरुको दुई महिना रेकर्ड गरेर कार्यक्रम प्रसारण गरेका उनीहरु अहिले भने लाइभ चलाउँदै आएको बताउँछन् ।
विषेश गरी रेडियोमा बाल दुव्र्यवहार, बालअधिकार, गाउँघरमा रहेका बाल प्रतिभालाई उजागर गर्छौ उनीहरुले भने । बाल साथीहरुको धेरैको अन्तर्वार्ता चलायौँ । एक दिन डराइडराइ महिला विकास अधिकृत मीना पौडेलसँग कुराकानी ग¥यौँ । अव नवलपरासीमा बालबालिकाको क्षेत्रमा के के काम भए र हँुदैछन् भन्ने विषयमा सिडियो साहेवसँग अन्तर्वार्ता लिन्छौँ । आफूहरुले चलाउने कार्यक्रमको समयभन्दा पनि आजभोलि चिठ्ठीपत्र धेरै आउने गरेको उनीहरुले बताए । ‘धेरै साथीहरुको चिठ्ठी आउँछ । चिठ्ठीमा बालअधिकार, बाल दुव्र्यवहार र आफूहरुले स्कुलमा गरेको कार्यक्रम प्रसारण गरिदिन भन्दै लेखिएको हुन्छ  ।’ उनीहरुले भने ।
कसैले त टाढाबाट आफ्नो स्कुलमा आएर आफ्ना प्रतिभाका बारेमा अन्तर्वार्ता लिन पनि पत्रबाट आग्रह गर्छन, उनीहरु भन्छन्, टाढा जान समय बढी लाग्ने र गाडी भाडा पनि धेरै लाग्ने हुँदा समस्या भएको उनीहरुले बताए । कार्यक्रममा प्रश्नउत्तर पनि राखिएको छ । उत्तर मिलाउने साथीहरुलाई पुरस्कारको व्यवस्था गर्नसके अझ प्रभावकारी हुने भन्दै उनीहरुले आफूहरुले चलाएको कार्यक्रमलाई बालबालिकाको क्षेत्रमा सहयोग गर्ने संघसंस्थाहरुले आर्थिक सहयोग गरे अझ बालबालिका सम्बन्धी थप कार्यक्रम गर्न सहयोग पुग्ने आशा व्यक्त गरे ।
कार्यक्रम चलाएवापत रेडियोले सामान्य खाजा बराबरको रकम सहयोग गरेको छ । अन्य केही दिन सकिएको छैन्, रेडियोका स्टेशन कोर्डिनेटर नविन पौडेल भन्छन्, ‘सुरुमा कार्यक्रम चलाउन सक्दैनन् कि भन्ने लागेको थियो अहिले उनीहरुको प्रतिभा देखेर आफै दंग परेको छु ।’ भर्खरमात्र सञ्चालन भएको रेडियोले उनीहरुका लागि सामान्य खाजा रकममात्र उपलव्ध गराएको छ ।
कार्यक्रम धेरै प्रभावकारी भएको भन्दै हामीलाई फोन आउने गरेको छ पौडेलले भने– ‘दुव्र्यसनसम्बन्धी कार्यक्रम चलाउँछु भन्दैछन् त्यसबारे पनि रेडियोले सोच बनाएको छ  ।’
[divider]फोटो क्याप्सनः रेडियोमा ‘बाल बगैंचा’ चलाउँदै दुई बालिका ।

Related Posts

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

समुदाय-प्रहरी साझेदारीअन्तर्गत सरसफाइ र प्रशिक्षण कार्यक्रम

समुदाय-प्रहरी साझेदारीअन्तर्गत सरसफाइ र प्रशिक्षण कार्यक्रम

लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

Discussion about this post

अन‌ि यो पनि

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख
प्रमुख समाचार

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

भरतपुर । प्रतिनिधिसभा पुनःस्थापना भएपछि वैशाख १७ र २७ गते गर्ने भनिएको मध्यावधि निर्वाचनको च्याप्टर बन्द भएको छ । निर्वाचनसम्बन्धी...

Read more
निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

सिडिओ भट्टराईको चितवन बसाइँ : ‘कहिले निर्मम त कहिले समन्वयकारी’

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

‘विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखौँ’

समुदाय-प्रहरी साझेदारीअन्तर्गत सरसफाइ र प्रशिक्षण कार्यक्रम

समुदाय-प्रहरी साझेदारीअन्तर्गत सरसफाइ र प्रशिक्षण कार्यक्रम

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In