रत्ननगर । प्रथम लुम्विनी राष्ट्रिय च्याम्पियनसीप अन्तर्गतको तेस्रो फूल कन्ट्रयाक्ट कराँते राष्ट्रिय प्रतियोगिता चितवनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् काठमाडौँको आयोजनामा हुने सो प्रतियोगिता यही माघ १२ र १३ गते भरतपुर कबर्ड हलमा हुने कराँते महासंघका केन्द्रीय महासचिव विष्णुकान्त अर्यालले जानकारी दिनुभयो ।
राष्ट्रिय च्याम्पीयनसीप अन्तर्गत विभिन्न ३३ वटा प्रतियोगिताहरु देशका विभिन्न सहरहरुमा गत पुस १५ देखि माघ १५ गते सम्म भइरहेका छन । कराँते खेलको लागि ५ विकास क्षेत्रबाट ५० जना र नेपाली सेनाको विभागीय टिमका ५ जनासहित ५५ जना खेलाडीहरु छनोट भइसकेको कराते महासंघका केन्द्रीय कोषाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो । २०६५ सालमा काठमाडौंमा प्रथम र २०६८ सालमा कैलालीको टिकापुरमा दोश्रो राष्ट्रिय च्याम्पीयनसिप प्रतियोगिता भइसकेको महासचिव अर्यालले जानकारी दिनुभयो ।
Discussion about this post