गायिका राउतले स्टेज तताइन

अन‌ि यो पनि

रत्ननगर । रत्ननगरमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रमअन्र्तगत पप गायिका आस्था राउतले मंगलबार स्टेज तताएकी छन् । उनले आफूले गाएका चर्चित गीतहरु गाएर दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरिन । गायिका राउतले माया यो माया यो, झम्के बुलाकी, चौवन्दी चोलीलगायत चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन ।
साँस्कृतिक कार्यक्रमअन्र्तगत बलराम सरकारको जादू, स्थानीय कलाकार अश्विन घिमिरे, संगीतकार अर्जुन पोखरेल, नेपाल दराई उत्थान समाज र रत्ननगर कला मन्दिरका कलाकारहरुले आ–आफनो प्रस्तुति देखाएका थिए ।
जगतकृष्ण प्रजापतिस्मृति अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगिता सुरु भएको छ । २५ वटा विद्यालयको सहभागिता रहेको सो प्रतियोगिताअन्तर्गत ६ वटा विद्यालयका विद्यार्थीहरुले आफ्नो प्रस्तुति देखाएका थिए । तीन दिनसम्म चल्ने सो प्रतियोगिताको फाइनल माघ २ गते हुने कला तथा साँस्कृतिक समितिकी सदस्य लुसी जोशीले जानकारी दिनुभयो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया