ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनमा विषादीको अवस्था र विषादी न्यूनीकरणका रणनीति

by चितवन पोष्ट
२०७० पुष ३०, मंगलवार ०३:४१ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

-सुन्दर तिवारी
नेपालमा रासायनिक विषादी नसुन्ने र प्रयोग नगर्ने कमै भेटिन्छन् होला । खेतीबाली प्रणालीमा आधुुनिक प्रविधि तथा यसलाई आम्दानीको स्रोत हो भन्ने मानसिकताका कारण विषादीको प्रयोग दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । हुुुन त, विषादीलाई नकारात्मक दृष्टिकोणले हेर्ने मान्छेहरु प्रशस्तै भेटिन्छन्, तथापि यसको विकल्प नहुँदा खेतबारीमा विषादी प्रयोग गर्ने धेरैजसो किसानहरु बाध्य छन् । देशमा विषादी न्यूनीकरणका लागि थुुप्रै कामहरु भएता पनि विषादी प्रयोग तथा उत्पादन दिन प्रतिदिन बढ्दै गइरहेको छ । सुरूका दिनमा विषादी मानव स्वास्थ्य संरक्षणमा मुख्यतः लामखुट्टे नियन्त्रण गर्न नेपालमा भित्रिए पनि पछि विषादीको प्रयोग खेतीबालीमा गरिएको पाइन्छ । खासगरी, रासायनिक विषादी उत्पादन बढी होस् भन्ने हेतुुले प्रयोग गरिएकोे हुन्छ, तर हाल आएर विषादीलाई खेतीबाली प्रणालीमा एक नभई नहुने अभिन्न अंगका रुपमा लिएको पाइन्छ ।
खासगरी नेपालमा विषादी भारत, चीन, जापान, थाईल्यान्ड, अस्ट्रेलिया, सिंगापुर तथा अन्य देशबाट भित्रिँदै आइरहेको तथ्य भेटिन्छन् । यसरी भित्रिने विषादी अन्य देशको तुलनामा भारत र चीनबाट आउने विषादी बढी छ । आव २०६८÷२०६९ को सरकारी तथ्यांकअनुसार लगभग देशमा प्रतिवर्ष ३७ मेट्रिक टन विषादी खपत भैरहेको पाइएको छ । आयातीत गरिएको सुरूका दुई वर्ष (०५४÷०५५) विषादीको औसत खपत ६ मेट्रिक टन भएता पनि आधुनिकीकरण तथा व्यावसायीकरणका कारण विषादीको प्रयोग बढ्दै गइरहेको छ । यसरी खपत विषादीलाई रूपैयाँमा आँकलन गर्ने हो भने ४० करोड रूपैयाँ विषादीका लागि मात्रै खर्च भएको तथ्यांक भेटिन्छ ।
सामान्यतया हेर्ने हो भने नेपालमा विषादी खेतीबाली, अन्न भण्डार तथा जनस्वास्थ्य क्षेत्रमा बढी प्रयोग गरिएको पाइन्छ । तथापि, जनस्वास्थ्यमा बढी प्रयोग हुने विषादीको मात्रा ज्यादै न्यून (२००० गुणा कम) हुन आउँछ । हुन त, हाम्रो देशमा अन्य देशको तुलनामा विषादीको खास मात्राको १४० ग्राम सक्रिय त¤व छ, जुन ज्यादै नै न्यून हो । तर जहाँ विषादी प्रयोग हुन्छ, त्यस्ता ठाउँमा विषादीको मात्रा ज्यादा असुरक्षित प्रयोग र अज्ञानतावश प्रयोग गरिएको भेटिन्छ । यसरी अज्ञानतावश एवं असुरक्षित विषादीको प्रयोगले आधुनिक मानव स्वास्थ्य एवं भावी सन्ततिको स्वास्थ्यप्रति ठूलो खतरा हुने देखिन्छ ।
नेपालमा विषादी प्रयोग हुने जिल्लाहरुमा चितवनको नाम पनि अग्रणी नै आउँछ । हुन त, चितवनका सबै क्षेत्रहरु विषादीबाट उत्तिकै प्रताडित छन् भन्ने होइन, तथापि विषादीको प्रयोगको हिसाबले हेर्ने हो भने यसको क्षेत्र तथा मात्रा बढ्दै गएको पाइन्छ । चितवन जिल्लाका केही बढी प्रयोग हुने क्षेत्रहरुमा भण्डारा, शुक्रनगर, जगतपुर, चैनपुर, मंगलपुर, गीतानगर, रत्ननगर एवं कुमरोज गाविसको स्थान प्रमुख छन् । हालसालै नेपाल जनस्वास्थ्य प्रतिष्ठानद्वारा सञ्चालित कृषि, स्वास्थ्य एवं वातावरण परियोजनाले चितवन जिल्लाका दस विभिन्न गाविसमा २६० जनामा गरिएको प्रारम्भिक सर्वेक्षणलाई आधार मान्ने हो भने यहाँका लगभग ९५% जति किसानले आफनो खेतीबालीमा रासायनिक विषादी प्रयोग गरिएको भेटियो । यसका अलावा विषादी किन्ने क्रममा किसानहरुले विषादीमा उल्लेख गरिएको चिन्हमा कुनै ख्याल नगर्ने र सिफारिस मात्राभन्दा बढी मात्रामा विषादी प्रयोग गर्ने गरेको पाइयो । आफ्नो क्षेत्रमा भएको एग्रोभेट सञ्चालक नै किसानहरुको प्रमुख सूचना केन्द्र रहेको तथ्य पाइएको छ ।
किसानहरुले अज्ञानताका कारणबाट कुन विषादी छर्न हुने, कहिले छर्ने, कसरी विषादी मिसाउने, मिसाउँदा के–के कुरामा ध्यान दिने, विषादीको ट्यांकी चलाउँदा के–के कुरामा ध्यान दिने आदि जस्ता कुराहरुमा खासै ध्यान नदिएको पाइयो । यसका साथसाथै धेरैजसो किसानले विषादीलाई औषधिका रुपमा ग्रहण गरी विषादीका बट्टाहरुलाई अन्न भण्डारणमा, भान्छाघरमा, घरको सिलिङमा र घरको नजिकै राख्ने गरेको पाइयो । विषादी छर्ने क्रममा दुईतिहाई किसानहरुले विषादीलाई दिउँसोको समयमा र विषादी छर्दा दिशाको ध्यान नदिई छर्ने गरेको पाइयो ।
चितवन जिल्ला शिक्षाको दृष्टिकोणले शिक्षित जिल्लाका रुपमा परिचित भएता पनि विषादी प्रयोग र यसको सावधानी अपनाउने दृष्टिकोणले धेरै न्यून किसानहरुले यसतर्फ ध्यान दिएको पाइयो । किसानकै भाषामा भन्ने हो भने केही गाविसमा केही मुख्य तरकारी बालीहरु जस्तै ः भन्टा, काँक्रो, गोलभेँडा, चिप्लेभिँडी आदिमा विषादीलाई बारम्बार प्रयोग गर्ने र बढीमा केही किसानले कुनै बालीमा ३०–४० पटक सम्म निरन्तर र दैनिकी तालिकाजस्तै बनाएर स्प्रे गरेको तथ्य भेटियो ।
यस क्षेत्रका किसानहरुले विषादीलाई मिश्रण गर्दा नाङ्गो हातले विषादीलाई घोल्ने र कतिपयले विषादीलाई कुचोको सहयोगले पनि छर्ने गरेको पाइयो । यसका साथसाथै गर्भवती महिलाले निर्धक्कका साथ विषादीको ट्यांकीलाई बोकी छर्दै गरेको तथा बच्चाबच्चीहरुले विषादी र विषादीका बट्टाहरुलाई खेलौनाका रुपमा पनि खेल्दै गरेको भेटियो । त्यसैगरी, विषादी कारोबारमा महिला तथा बच्चाहरु किनमेल, मिश्रण तथा छर्नमा बढी व्यस्त भएको र कतिपय ठाउँमा सेल्फोस ट्याबलेटलाई सिरानीमा राखेको पनि भेटियो । यस प्रकारले विषादीलाई दुरूपयोग गरिएको, जानीजानी हेलचेक्र्याइँ गरिएको र विकल्प हुँदाहुँदै पनि विषादीलाई प्रमुख प्राथमिकतामा नराखेको भेटिएको छ । साधारणतया यहाँका किसानहरुले रासायनिक विषादीहरु कीरा मार्न ढुसीबाट बचाउन, मुसा मार्न र भण्डारमा राखिएका अन्नहरुलाई कीराको आक्रमणबाट बचाउनका लागि बढी ज्यादा प्रयोग गरेको देखियो । ज्ञानका कमीका हिसाबले हेर्ने हो भने सोझो तवरले विषादीलाई दुरूपयोग गरिएको, विषादीलाई औषधिका रुपमा ग्रहण गरिएको र विषादी प्रयोग गरिसकेपछि खेतमा या ट्युवेलमा विषादी ट्यांकीलाई सफा गरी फाल्ने र विषादी राखिएका बट्टा तथा झोलाहरुलाई सुरक्षित ठाउँमा नराखी जताततै फालिएको देख्न पाइन्छ ।
अध्ययन तथा अनुसन्धानले के देखाएको छ भने विषादी मानवशरीरमा विभिन्न तवरले (जस्तो कि मुखबाट, छालाबाट, छालाका रौँहरु, आँखाबाट) प्रत्यक्ष रुपमा प्रवेश गर्दछ र अप्रत्यक्ष रुपमा दूषित हावा र पानीबाट पनि मान्छेको शरीरमा प्रवेश गरेको पाइन्छ । गर्भवती महिलामा विषादी प्रवेश गरिसकेपछि बच्चाहरुमा पनि असर देखिने र कतिपय विषादीहरु दूधको माध्यमबाट बच्चाहरुमा जाने र बच्चाहरु पनि यसबाट प्रताडित हुने तथ्य अनुसन्धानबाट प्रमाणित भएका छन् ।
यी भए किसानमा समस्या, तर विषादी बिक्रेतातर्फ हेर्ने हो भने केही विषादी बिक्रेतालाई छोडेर धेरैजसो बिक्रेताले विषादीको पसललाई अन्य खाध्यान्न पसलसँगसँगै बिक्रीवितरण तथा विषादी पसलमा नै खानेकुरालाई निर्धक्कका साथ उपयोग गर्ने गरेको पाइयो । विषादी पसलेहरुले विषादी पसलमा बस्दा माक्र्स नलगाई बस्ने, विषादीका बट्टाहरुलाई नाङ्गो हातले छुने, विषादी पसलमा नै खाने, पिउनेजस्ता क्रियाकलापहरु गर्ने गरी आफूलाई जोखिम बनाउने गरेको पाइयो । विषादी पसलमा कतिपयले खाध्यान्न बिक्री गर्ने र कतिपयले श्रृंगार पसलमा नै विषादी राखी बिक्रीवितरण गर्दै आइरहेको पाइयो । विषादी बिक्रेताले तालिम लिएर विषादी बिक्रीवितरण गर्नुपर्ने भएता पनि केही बिक्रेताले विषादी बिक्रीसम्बन्धी सरकारी नियम तथा कानुनलाई मिच्दै विषादी बिक्री गर्दै आइरहेको पनि देख्न सकिन्छ । अझ गजबको कुरा के छ भने केही विषादी पसलहरुमा उधारो माग्न आउने किसानहरुलाई म्याद सकिएका विषादी दिने र अलि टाठोबाठो क्रेतालाई कडा विषादी दिने गरेको भेटिएको छ । पसलहरुमा पनि लगभग ७०% विषादी बिक्रेताहरुका परिवार र घरका अन्य सदस्यहरु सामान्यतया पसलमा बस्ने र जसले तालिम लिएको छ, ऊ चाहिँ अन्य व्यवसायमा व्यस्त भएको र विषादी पसलबाट हुने प्राविधिक सरसल्लाहसमेत दुरूपयोग हुने सम्भावना बढ्ने देखिन्छ । यी माथि उल्लेखित समस्याहरु विषादी बिक्रेतामा तथा प्रयोगकर्तामा देखिएको छ । तथापि, हामीकहाँ यसका विकल्पका रुपमा पनि अगाडि बढ्नुपर्ने देखिन्छ । यदि यसलाई समयमा नै ध्यान नदिएको खण्डमा भोलि–भोलिका दिन हाम्रो स्वास्थ्य, वातावरण तथा हाम्रो जैविक विविधताका विभिन्न पक्षहरुमा यसले नकारात्मक असर देखाउने प्रायः निश्चित छ ।
चितवन जिल्लालगायत देशका विभिन्न ठाउँमा बढ्दै गएको विषादीको प्रयोगले विषादी छर्ने व्यतिmमात्र सुरक्षित छैन कि सम्पूर्ण उपभोक्ता सबैमा यसले असर पार्न सक्ने देखिन्छ । तसर्थ, सम्पूर्ण सरोकारवालाहरु विषादी न्यूनीकरण एवं यसको सुरक्षित उपायतर्फ जानका लागि एक प्रकारको दीर्घकालीन सोच बनाई अगाडि बढ्नुपर्ने देखिन्छ । हामीकहाँ विषादीले मानव स्वास्थ्यमा खास रुपमा के–के गर्दछ भन्ने कुराबारे चेतनाको विकास हुन अपरिहार्य छ । तसर्थ, चेतना अभिवृद्धिका विविध पक्षहरुलाई अँगाल्दै विषादी न्यूनीकरणका लागि हाम्रो गाउँ, टोल, समाज, क्षेत्र, जिल्ला तथा राष्ट्र हुँदै सम्पूर्ण विश्व नै विषादीमुतm क्षेत्र बनाउन सकिन्छ । हुन त, हामी साँच्चै अहिले नै विषादीलाई तुरून्तै उन्मूलन गर्न सक्ने पक्षमा छैनौँ, तर हामी यसलाई बिस्तारै घटाउँदै एउटा समुन्नत एवं स्वस्थ समाज निर्माण गर्न सक्नेतर्फ अगाडि बढ्नुपर्ने देखिन्छ ।
हाल विषादीसँग आबद्ध भएका विविध पक्षमा कमजोरी भेट्टाउन त सफल भैसकेका छौँ, तर हामीकहाँ विकल्प नहुँदा केही समस्या देखिएको जस्तो देखिन्छ । तर, साँच्चै हो भने हामीकहाँ विकल्प थुपै छन् । त्यसलाई समुचित र सही तरिकाले प्रयोग गर्न नसकिएको तथ्य हो । हामी समस्या कहाँबाट आयो भन्ने कुरामा ध्यान दिँदैनौँ र समस्या परेपछि हामी अलि अत्तालिएको जस्तो गर्दछौँ । तर वास्तवमा त्यो होइन, हामीकहाँ बाली लगाएदेखि अन्तिम क्षणसम्म निकै सावधानीपूर्वक हरेक दिन खेतीबाली निरीक्षण गरेर अगाडि बढ्न सक्छौँ र क्षतिको सीमा नाघ्नुभन्दा पहिले नै समाधानका उपायतर्फ जानुपर्दछ ।
त्यसैगरी, हामी विषादीको कारोबारदेखि प्रयोगसम्म असुरक्षित छौँ, तसर्थ त्यसलाई गहिरो मनन् गरी कमभन्दा कम विषादीसँगको सम्पर्क बढाउनुपर्दछ । हामीलाई प्रतियुनिट क्षेत्रफलमा कति मात्रामा विषादी छर्नुपर्दछ भन्ने जानकारी हुनुपर्दछ । विषादी छर्दाखेरि कस्ता–कस्ता सुरक्षित सामग्रीहरु अपनाउनुपर्छ भन्ने कुरा ज्ञान भई त्यसलाई प्रयोगमा ल्याउनुपर्छ । विषादी प्रयोग गर्नुभन्दा पहिले, विषादी प्रयोग गर्ने बेलामा र विषादी छरिसकेपछि के–के कुरामा ध्यान दिनुपर्दछ भन्ने कुरामा पनि उत्तिकै सोच पु¥याउनुपर्छ । हामी यहाँहरुलाई आगामी अङ्कहरुमा विषादीसम्बन्धी विविध पक्षहरुलाई अँगाल्दै यसका वैकल्पिक तरिका लागू गर्न सक्ने सम्भावित पक्षलाई प्रोत्साहन गर्दै जानेछौँ ।

Related Posts

महाराजको श्रीपेच

महाराजको श्रीपेच

त्याग र भोगका कुरा (लक्ष्मणरेखा)

त्याग र भोगका कुरा (लक्ष्मणरेखा)

कम्युनिस्ट एक हुँदैमा कांग्रेस हार्दैन : कोइराला

गैँडालाई चरनको अभाव

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In