महोत्सवमा कलाकारले स्टेज तताए

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर महोत्सवमा सोमबार भएको सांस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका चर्चित तीन कलाकारले स्टेज तताए । स्रोतालाई लोकप्रिय गीतहरु पस्किएर चर्चामा रहेका लोकगायक पुरूषोत्तम न्यौपाने तथा हास्यकलाकार शिवहरि पौडेल (प्वाक्क मखाँ हानुजस्तो) र किरण केसी (राता मकै) ले स्टेज तताएका हुन् ।
नेपाल टेलिभिजनबाट हरेक हप्ता प्रसारण हुने जिरे खुर्सानीमा अभिनय गर्दै पौडेल र केसीले महोत्सवको स्टेजमा समसामयिक राजनीतिक अवस्थालाई व्यग्य गरिएका निकै ओतिला प्रस्तुति गर्दा दर्शकहरुले ‘वावा’ गरेका थिए । दुवैको प्रस्तुतिमा रमाएका दर्शकले हुटिङ समेत गरेका थिए । पुराना तथा चर्चित कलाकार पुरूषोत्तम न्यौपानेले ‘रून्छ नि मन किन रूँदैन ? जति रून परे नि मेरै काखमा रोऊ माया’ भन्ने जस्ता कर्णप्रिय गीतहरु प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी लोकगायिका सावित्री प्रिती, अमृत रसाइलीले गीत, तामाङ सेलो र मगर कौडा तथा रत्ननगर डान्स एकाडेमीका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । महोत्सवअन्तर्गत आज मंगलबार जगतकृष्ण प्रजापति स्मृति अन्तर विद्यालय नृत्य प्रतियोगिता, संगीतकार अर्जुन पोखरेल, स्थानीय कलाकार अश्विन घिमिरे तथा रत्ननगर कला मन्दिरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाको आयोजनामा पुुस २६ गते देखि जारी रत्ननगर महोत्सवमा सोमवार सम्म करिव १ लाख दर्शकले अवलोकन गरेका छन । सोमवार मात्र करिव ४० हजारले महोत्सवको अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवमा करिब १५ करोडको कारोवार हुने अनुमान गरिएको महोत्सव समितिका संयोजक दीपककुमार कर्माचार्यले जानकारी दिनुभयो ।
यसैबीच जिल्ला कृषि विकास कार्यालयका अधिकृतहरुले महोत्सवको कृषि परिसरको अवलोकन गरेका छन् । कृषि विकास कार्यालयका वागवानी अधिकृत शिवराम पन्तलगायतको टोलीले महोत्सवमा रहेको माछा, केरा परिसर, प्रतियोगितात्मक कृषि प्रदर्शनीको अवलोकन गरेको कृषि प्रवद्र्धन समितिका संयोजक भीमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया