भरतपुर । जिल्ला एथलेटिक्स संघ चितवनको सोमबार पुनः गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा दीपक रानाभाट, उपाध्यक्षमा लक्ष्मी उप्रेती र सीताराम चौधरी, सचिवमा रामजी ढकाल, कोषाध्यक्षमा विकास न्यौपानेसहित १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
साथै आगामी महाधिवेशनका लागि जिल्लाबाट दीपक रानामगर र धनवीर चौधरीलाई केन्द्रीय प्रतिनिधि चयन गरिएको छ भने पर्यवेक्षकमा रामजी ढकाललाई चयन गरिएको छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरूङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Discussion about this post