जुटपानी । जुटपानी–९ स्थित चर्तुमुखी सामुदायिक वनमा गैंडाको आक्रमणबाट सोमबार दिउँसो दुईजना गम्भीर घाइते भएका छन् । सामुदायिक वनमा घाँस काट्न गएका जुटपानी–९ बस्ने ५० वर्षीय कैलाश लोप्चन र उनकी श्रीमती देवी लोप्चन घाइते भएका हुन । उनीहरुलाई घाँस काट्ने क्रममा सामुदायिक वनको वेदघारी क्षेत्रमा गैंडाले आक्रमण गरेको थियो ।
गैंडाको आक्रमणबाट घाइते कैलाशको देब्रे खुट्टामा र देवीको पेटमा गम्भीर चोट लागेको वनका अध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिनुभयो । घाइतेहरुको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
Discussion about this post