काठमाडौँ । न्युजिल्यान्डमा सोमबारदेखि सुरु भएको एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित भएको छ ।
न्युजिल्यान्डको रङ्गी ओरा ओभल क्रिकेट मैदानमा भएको सो प्रतियोगितामा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल पहिलो खेलमा नै युएइसँग १०२ रनको भारी अन्तरले पराजित भएको हो । पहिले ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९७ रन बनायो ।
युएईले दिएको २९८ रनको चुनौतीलाई पच्छाएको नेपाल ११ बल बाँकी छँदै १९५ रन जोड्दै अलआउट भयो । युएइको जितमा ओपनर साइमन अनवर र एसपी पाटिलले उत्कृष्ट ब्याटिङ गर्दै युएइलाई सहज जित दिलाउन सफल भए । अनवरले सर्वाधिक १०९ रनको योगदान दिए भने एसपी पाटिलले ७४ रन जोडे ।
यस्तै नेपालका वसन्त रेग्मीले ३, जितेन्द्र मुखियाले २ तथा शक्ति गौचन र सागर पुनले समान एक–एक विकेट लिएका थिए । नेपालका लागि शरद भेषवाकरले ५४ रनको योगदान दिए भने शक्ति गौचन र विनोद भण्डारीले समान ३७÷३७ रन बनाए । सागर पुनले २५, महेश क्षेत्रीले ९, वसन्त रेग्मीले ५ तथा ज्ञानेन्द्र मल्लले ४ रन जोडेका थिए । नेपालले दोस्रो खेल माघ २ गते स्कटल्यान्डको सामना गर्नेछ ।
यसैगरी सोमबार नै भएको अरु खेलमा पपुवान्युगिनी, नेदरल्यान्ड र हङ्कङ विजयी भएका छन् । पपुवा न्युगिनीले केन्यालाई ८ विकेटले पराजित ग¥यो । केन्याले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिसँगै २४९ रन बनाएको थियो । केन्याको २५० रनको चुनौतीलाई पच्छाउँदै पपुवान्युगिनी ४२ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै २५० रनसँगै विजयी भयो ।
यस्तै नेदरल्यान्डले युगान्डालाई ७ विकेटले पराजित ग¥यो । युगान्डाले दिएको १५३ रनको चुनौतीलाई पच्छाउँदै नेदरल्यान्डले ३० दशमलव १ ओभरमा १५५ रन बनाउँदै आफ्नो यात्रा पूरा ग¥यो । युगान्डाले ४६ दशमलव १ ओभरमा १५२ रन बनाएको थियो ।
यसैगरी हङ्कङले स्कटल्यान्डलाई १७ रनले पराजित ग¥यो । हङ्कङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनायो । स्कटल्यान्ड ४८ दशमलव ४ ओभरमा २४६ रनमा अलआउट भयो । रासस
Discussion about this post