आजबाट उवासंघको अधिवेशन, अध्यक्षमा जोशी र वाग्लेको कडा प्रतिष्पर्धा

अन‌ि यो पनि

नारायणगढ । उद्योग वाणिज्य संघ चितवनको १७ औँ अधिवेशनमा हुने निर्वाचनको लागि उम्मेदवारी दिएकाहरु प्रचारप्रसारमा व्यस्त भएका छन् । आगामी दुई वर्षे कार्यकालका लागि हुने निर्वाचनका लागि यतिबेला निर्वाचन प्रक्रिया सुरू भइसकेको छ । आज सोमबार सुरू हुने अधिवेशनअन्तर्गत भोलि मंगलबार बिहानबाट मतदान सुरू हुनेछ ।
मंगलबार हुने निर्वाचनमा अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष कल्याण जोशी र श्रीभक्त अच्युत वाग्लेको उम्मेदवारी रहेको छ । दुवैको कडा प्रतिष्पर्धा हुने देखिएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षका लागि वर्तमान प्रथम उपाध्यक्ष सहनलाल प्रधान र राजन गौतमले  उम्मेदवारी दिएका छन् ।
तीन उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । यता अगामी कार्यकालका लागि सात जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक प्रभातकुमार जोशीका अनुसार महिला उद्यमीतर्फ सदस्यमा मुना गुरूङ, स्वास्थ्यतर्फ हिरामान महर्जन र पर्यटनतर्फ पुष्पनिधि लोहनी निर्विरोध निर्वाचत भएका छन् ।
त्यस्तै शिक्षातर्फ विष्णुप्रसाद धिताल क्षेत्रीय संघतर्फबाट केशवराज पाठक तथा कर्पाेरेट तर्फबाट भोजराज कौडाल र रामशरण सिलवाल निर्विरोध निर्वाचित भएका जोशीले जानकारी दिए ।
सदस्यका लागि अझै ३४ जनाको उम्मेदवारी कायम रहेको छ । आइतबारसम्म दिइएको उम्मेदवारी फिर्ताको समयमा कर्पाेरेटतर्फ कमल आचार्य, शिक्षातर्फ कमलप्रसाद श्रेष्ठ र वाणिज्यतर्फ यमबहादुर विक तथा उद्योगतर्फका गोपाल भट्टराईले आफ्नोे उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचनको प्रतिस्पर्धामा उद्योगतर्फको उपाध्यक्षमा द्वितीय उपाध्यक्ष ऋषि लामिछाने तृतीय उपाध्यक्ष राजु श्रेष्ठको उम्मेदवारी छ । त्यस्तै, वाणिज्यतर्फको उपाध्यक्षको लागि खोमकान्त रेग्मी र चुननारायण श्रेष्ठको उम्मेदवारी कायम छ भने वस्तुगततर्फ चिरञ्जीवी सुवेदी र प्रद्युम्न सापकोटा प्रतिस्पर्धामा छन् ।
संघको नेतृत्व हरेक वर्ष पुराना पदाधिकारीबाट निर्वाचित हुँदै आएको छ । सधँै संस्थापन पक्षले निर्वाचनमा विजयी भइरहेको अवस्थामा अहिले अध्यक्षको पदमा उम्मेदवारी दिएका श्रीभक्त अच्युत वाग्लेले पुरानो सेण्डिकेट तोड्ने दावी गरेका छन् ।
उनले सधँै संस्थापन पक्ष भनेर अरूलाई बाहिरी देख्नेहरुले उद्योग वाणिज्य संघलाई संक्रिण बनाएको भन्दै यसपटक त्यसलाई तोडेर नयाँ ढंगबाट संघलाई अगाडि लैजाने बताएका छन् । यता वर्तमान वरिष्ठ उपाध्यक्ष कल्याण जोशीले आफ्नो अनुभवले उद्योग वाणिज्य संघलाई नयाँ उचाइमा पु¥याउने बताउँछन् । उनले आफू नै उपयुक्त उम्मेदवार भएको भन्दै आफ्नो जित पक्का भएको दावी गरे ।
अधिवेशनमा नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा उद्योग वाणिज्यतर्फ एक हजार ४५७, कर्पोरेटतर्फ ३८, वस्तुगततर्फ २३ र क्षेत्रीय सदस्यतर्फ २ मतदाता रहेका छन् । अधिवेशनको आज सोमबार उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले उद्घाटन गर्नेछन् ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया