कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्किवासमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । ना १ क ३१७९ नम्वरको ट्रकको ठक्करबाट दुम्किबास एककी पाँच वर्षीया समीक्षा विकको मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।
यसैबीच नवलपरासीकै कावासोतीमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते साइकलयात्री स्थानीय ५५ वर्षीय पूर्णबहादुर श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ । कावासोतीस्थित भित्री सडक खण्डमा ना ४ त ७१०५ नम्बरको ट्याक्टरले श्रेष्ठलाई ठक्कर दिएको थियो । भरतपुर मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post