मेरो नाम आशिष चौधरी हो । म प्लस टु पास गरेको विद्यार्थी हुँ । अहिले मैले पढ्नको लागि तयारी गर्दै छु । मसँग आवश्यक किताब नभएको कारण इन्टरनेटको सहायताले पढ्नु पर्छ । तर हाम्रो गाउँमा विद्युत्को भोल्टेज नपुगेर मेरो कम्प्युटर चल्दैन । जसका कारण मैले राम्ररी पढ्न पाएको छैन । यतिमात्र नभएर सबै गाउँवासीलाई यो समस्याले हैरानी पारेको छ । विद्युतीय उपकरणहरु कुनै पनि राम्ररी चल्दैनन् । हामी गाउँका धेरैजना मिलेर निवेदन दियौँ । निवेदन दिएको महिनौँ दिन बित्दा पनि अझै केही गरिएको छैन । सधैँ हुँदैछ हँुदैछ भनेर कुरो सिध्याउँछन् । त्यसैले अन्त्यमा केही सीप नलागेर हजुरहरुले हाम्रो समस्या जनतासामु पेस गर्नुहुन्छ र सरकारले हाम्रो समस्यामाथि कार्यान्वयन गर्छ कि भन्ने आशाका साथ यो निवेदन पेस गरेको छु ।
आशिष चौधरी
राप्ती–६, भण्डारा, चितवन