ADVERTISEMENT
८ बैशाख २०७८, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ बैशाख २०७८, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

लागूऔषध ओसारपसारको ‘निकासी विन्दु’ चितवन

by चितवन पोष्ट
२०७० पुष २९, सोमबार ०२:०२ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । पछिल्लो समयमा चितवन लागूपदार्थ ओसारपसारको मुख्य विन्दु बन्दै गएको पाइएको छ । लागूपदार्थविरुद्ध विगत केही महिनादेखि सुरू गरेको प्रहरी कारबाहीमा यस्तो पाइएको चितवन प्रहरीले जनाएको छ ।
पछिल्लो तीन महिनाको अन्तरालमा प्रहरीले पक्राउ गरेका २२ जना लागूऔषध ओसारपसारका कारोबारीबाट यस्तो रहस्य खुलेको चितवनका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिनुभयो । उनीहरूले शरीरका विभिन्न अङ्गमा टेप लगाएर, गाडीका सिटमुनि, सुटकेसमा हालेर लागूऔषध चितवन ल्याउने गरेका छन् । चितवनमा मोलमोलाई सकेपछि मात्रै अन्यत्र लैजाने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले बताएका छन् ।
उहाँका अनुसार विशेषगरी भारतको रक्सौल नाका हुँदै चितवन ल्याएर कारोबारीहरूले चितवनमा लागूपदार्थ राख्ने र त्यसलाई राजधानीलगायत विभिन्न क्षेत्र पु¥याउने गरेका छन् । प्रहरीले पछिल्ला दिनहरूमा ३३२ एम्पुल डाइजोपाम, व्युप्रिनोर्फिन ३२७ एम्पुल, फेनारगन ३२८ एम्पुल, फेन्सिडिल पाँच हजार एमएल, नाइटोजेपाम १०८ ट्याबलेट, खैरो हेरोइनसमेत ठूलो मात्रामा बरामद गरिएको जनाएको छ । साथै, १५० भन्दा बढी लागूऔषध प्रयोगकर्तालाई पक्राउ गरिएको छ ।
प्रहरीले १० हजार ५०० लिटर घरेलु मदिरा बरामद गरी एक लाख ५९ हजार राजस्व सङ्कलन गरेको प्रहरी प्रमुख कार्कीले बताउनुभयो । लागूऔषध कारोबारमा एकजना प्रहरीसमेत संलग्न भएको पाइएको छ । धनुषा जिल्लाको इटरुवा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान दिवाकर राई लागुऔषधसहित पक्राउ परेका हुन् ।
यही साता भरतपुर–१० घर भएका प्रहरी जवान राईसमेत तनहुँका आशिष कायस्थ, चितवन भरतपुरका विनोद गुरुङ र जेरेन चौधरी पक्राउ, चितवन जगतपुरका सन्दीप गुरुङ, मेघौलीका विजय महतो, भरतपुर–११ का मैच्याङ लामा र अमरदीप आलेलाई पक्राउ गरिएको छ ।

Related Posts

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

Chitwan Post

अद्वैतको विशेष सत्संग सम्पन्न

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

एकैदिन २३५१ सङ्क्रमित, छ जनाको मृत्यु

काठमाडौँ । कोभिड– १९ को सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

Read more
हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

Chitwan Post

अद्वैतको विशेष सत्संग सम्पन्न

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In