काठमाडौँ । मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा नजाने बताउनुभएको छ ।
केही सञ्चारकर्मीसँग सोमबार कुरा गर्दै अध्यक्ष यादवले आफूहरू संविधान निर्माणलाई प्राथमिकता दिन चाहेकाले प्रतिपक्षमा बस्ने बताउनुभयो ।
उहाँले मधेसका विषयलाई स्थापित गर्न केही मधेसी दलबीच एकताको प्रक्रिया प्रारम्भ भएको जानकारी दिनुभयो । यादवका अनुसार फोरम , तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच आगामी एक महिनाभित्र एकता गर्ने गरी प्रक्रिया प्रारम्भ भएको बताउनुभयो । रासस
Discussion about this post