रत्ननगर नगरपालिकाको टिकौली खेलमैदानमा क्षेत्रीय स्तरको रङ्गशाला बनाउन गरिएका प्रतिबद्धताहरु पूरा हुन सकेन् । राजनीतिक दलका नेतादेखि खेलकुल विकास समिति तथा सरोकारवालाहरुले रङ्गशाला निर्माणका लागि लागिपरेका थिए । चितवन क्षेत्र नं. २ अन्तर्गत पर्ने सो खेलमैदानलाई क्षेत्रीय स्तरको रङ्गशाला बनाउन सरकारले आर्थिक वर्ष २०६६÷६७ को बजेटमा चितवनमा क्षेत्रीय रङ्गशाला निर्माण गर्ने कार्यक्रम समेटिएको थियो । त्यसपछि एक करोड बजेट विनियोजन ग¥यो । तर डिमार्केशनको कामबाहेक कुनै पनि काम सुरु हुन नसकेपछि विनियोजित रकम फ्रिज हुन पुग्यो । टिकौलीमा क्षेत्रीय स्तरको रङ्गशाला निर्माण गर्ने निर्णय गरिए पनि निकुञ्जको बराण्डाभार तथा वन्यजन्तुको चरीचरण क्षेत्र भएकाले जैविक विविधता तथा बन्यजन्तुलाई असर पुग्ने कुरा पनि पर्यावरणविद्हरुले उठाएका थिए ।
२०६७ साल चैत ३१ गते तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डे तथा खेलमन्त्री गणेश नेपालीले प्रस्तावित क्षेत्रीय रङ्गशालाको चौरमा पूजापाठ गरेका थिए । प्रसस्त चौर र मध्यभागमा रहेकाले जिल्लाका सम्पूर्ण राजनीतिक दलको निर्णयबाट टिकौली चौरलाई रङ्गशाला बनाउन छनोट भए पनि उक्त जग्गा जिल्ला वन कार्यालयको नाममा रहेपछि योजना अलपत्रजस्तै बन्न पुगेको थियो । त्यसपछि जिल्ला खेलकुद परिषद्ले आफ्नो नाममा नामसारी गर्न प्रक्रिया थालेको थियो । अहिले पनि वन मन्त्रालयमा गएर फाइल पेन्डिङ भएको छ । टिकौलीमा रङ्गशाला शिलान्यास भए यता कुनै पनि उपलब्धि हासिल हुन सकेको छैन । चितवन खेलकुद क्षेत्रमा अग्रणी जिल्ला हो । चितवनमा होनाहार खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकसहित नेपालको नाम उच्च राख्दै आएका छन् । तर, चितवनमा एउटा पनि क्षेत्रीय स्तरको रङ्गशाला नहुनु दुःखको विषय हो ।
रङ्गशालाको प्रचार–प्रसारका लागि २०६७ पुसमा टिकौलीमा रत्ननगर महोत्सव आयोजना गरिएको थियो । सोही महोत्सवमा तेक्वान्दो र ब्याडमिन्टनजस्ता खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । यसपटक पनि सोही खेलमैदानमा रत्ननगर महोत्सवको सातौँ संस्करण चलिरहेको छ । महोत्सवमा सोही क्षेत्रका सभासद्द्वय शेषनाथ अधिकारी तथा काशिनाथ अधिकारीले कुनै हालतमा रङ्गशाला बनाइ छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सभासद्द्वयले वन मन्त्रालयमा रोकिएको फाइललाई गति दिने र रङ्गशाला बनाएरै छाड्ने विश्वास दिलाएका छन् । अलपत्र योजनालाई पुनर्जीवन दिएरै छाड्ने उनीहरुको प्रतिबद्धतालाई सकारात्मक रुपमा लिइए पनि आश्वस्त भने हुनसक्ने देखिएको छैन् । टिकौलीमा रङ्गशाला निर्माण हुनु चितवनकै गौरवको कुरा हो । रत्ननगर महोत्सवले समग्र क्षेत्रको प्रबद्र्धनसहित प्रस्तावित रङ्गशाला निर्माणका लागि मह¤वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
Discussion about this post