नारायणगढ । चितवन पोष्टका दुई पत्रकार सम्मानित भएका छन् । पोष्टका पत्रकार बसन्त पराजुली नारायणी यातायात पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको हो भने पत्रकार होमनाथ सापकोटा चेपाङ समुदायको उत्थानमा कलम चलाएबापत् सम्मानित हुनुभएको हो । नारायणी यातायात व्यवसायी सघको शनिबार हेटौँडामा सम्पन्न २७ औं वार्षिक साधरण सभामा पराजुलीलाई सम्मान गरिएको थियो ।
गामवेसीको चेपाङ संरक्षण केन्द्र रत्ननगरले सापकोटालाई सम्मान गरेको हो । दुवै पत्रकारलाई पत्रकारिता क्षेत्रमा लामो समयदेखि पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । पराजुलीसहित नारायणी पत्रकारिता पुरस्कारबाट मकवानपुरका पत्रकारद्वय रामशरण पुडासैनी र सविन न्यौपाने एवम् पर्साका पत्रकार चन्द्रभुषण शाहलाई पनि सम्मान गरिएको छ ।
चेपाङ संरक्षण केन्द्रले पूर्वीचितवन पत्रकार मञ्चका अध्यक्षसमेत रहेका होमनाथ सापकोटा, कान्तिपुर दैनिकका चितवन संवाददाता विमल खतिवडा, प्रयास मिडियामा कार्यरत पत्रकार अनिल ढकाल, पत्रकार महासंघ कतार शाखाका अध्यक्ष रवि रोशीलाई पनि सम्मान गरेको थियो ।
नारायणी यातायात व्यवसायी संघका अध्यक्ष गोकर्ण पराजुलीको अध्यक्षतामा सम्पन्न साधरणसभाको प्रमुख अतिथि नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाट हुनुहुन्थ्यो । कार्यक्रममा पूर्वसांसद प्रल्हाद लामिछाने, नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, नारायणी अञ्चल संयोजक कपिल पाण्डे, नारायणी यातायात व्यवसायी संघका उपाध्यक्ष अशोक पोख्रेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
चेपाङ समुदायको सामाजिक तथा आर्थिक रूपान्तरणको लागि काम गर्दै आउनुभएका सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा गाविस सचिव हकहित संरक्षण केन्द्र चितवनका अध्यक्ष प्रद्युम्नकुमार खड्का र केन्द्रका अध्यक्ष केपिकिरण शर्माले सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो । संरक्षण केन्द्रका सचिव दीपेन्द्र बडुवालको अध्यक्षतामा भएको कार्यक्रममा सपना भिलेजका अध्यक्ष धु्रव गिरी, एनआरएनका केन्द्रीय सदस्य दीपक नेपाललगायतले बोल्नुभएको थियो ।
Discussion about this post