नारायणगढ । १९२ औँ पृथ्वी जयन्तीको अवसर पारेर नारायणगढमा ‘राष्ट्रिय एकता र राष्ट्रिय मेलमिलाप दिवसको अपरिहार्यता’ विषयक अन्तक्र्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राजनीतिक परिवर्तनसँगै पृथ्वीनाराण शाहले गरेको योगदानको अवमूल्यन हुँदै गएको प्रति दुःखेसो पोखेका थिए । उनीहरुले पृथ्वीनारायण शाहको राष्ट्रका विभूति भइकन पनि उनलाई अवहेलना गरिएको आरोप लगाए ।
कार्यक्रममा नेकपा–माओवादीका केन्द्रीय सदस्य अनिल शर्मा विरही, जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारी, राजनीतिक विश्लेषक एवम् ग्रेटर नेपाल चलचित्रका निर्देशक फणिन्द्र नेपाल पत्रकार युवराज गौतमलगायतले बोलेका थिए ।
अन्तत्र्रिmया कार्यक्रम सुरू हुनु पूर्व भरतपुरको हाकिमचोकदेखि पुलचोकसम्म बाजागाजासहित ¥याली निकालिएको थियो ।
Discussion about this post