उपाधि चितवन इस्ट पर्सालाई

अन‌ि यो पनि

नारायणगढ । चितवन नवलपरासी क्षेत्रमा रहेका लियो क्लबहरुको सहभागिता रहेको  इन्टर लियो सुपर सिक्स टुर्नामेन्टको उपाधि लियो क्लब अफ चितवन इस्ट पर्साले चुमेको छ । लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मदिनको अवसरमा लियो क्लब अफ भरतपुरले आयोजना गरेको मैत्रिपूर्ण टुर्नामेन्टमा ९ वटा टिमको सहभागिता रहेको थियो ।
फाइनल चरणमा पुगेको लियो क्लब अफ गैंडाकोटले पुरै ओभरको समाप्तीमा ७२ रन जोडेको थियो । गैँडाकोटका लागि विशाल पाण्डेले ४४ रन बनाएका थिए । जवाफी व्याटिङमा उत्रिएको लियो क्लब अफ चितवन इस्ट पर्साले २ बल बाँकी छँदै लक्ष्य भेटाएको थियो । पर्साका लागि आशिष मिजारले १८ रन बनाएका थिए ।
पर्साले नगद ६ हजार सहित ट्रफि जितेको छ । त्यस्तै द्वितीय हुन सफल गैँडाकोटले १ हजार ५ सय नगद प्राप्त गरेको खेल संयोजक मनोज खड्काले जानकारी दिनुभयो । विरेन्द्र वहुमुखि क्याम्पसका प्रमुख डा केशवभक्त सापकोटा र लियो क्लब अफ भरतपुरका अध्यक्ष कृतिराज तिवारीले संयुक्त रुपमा क्रिकेट खेलेर खेलको उद्घाटन गर्नुभएको थियो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया