ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

क्यान्टोनमेन्टको वरिपरि विचरण गर्दा

by चितवन पोष्ट
२०७० पुष २७, शनिबार ०३:५३ गते
in साहित्य
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

-रमेश प्रभात
समकालीन नेपाली कवितामा आफ्नै छुट्टै छाप छाड्न सफल कवि सिर्जन अविरलको दोस्रो कवितासंग्रहका रुपमा प्रकाशित नवीनतम कृति ‘क्यान्टोनमेन्ट र अरु कविताहरु’ (२०७०) समीक्षाका लागि मेरो हात परेको छ । आफूले सुरूदेखि चिन्दै आएको कवि पनि भएकाले उनका कवितामाथि टिप्पणी गर्नु केही चुनौती त छँदैछ, त्यसमा पनि विगत चार–पाँच महिनाअघि मात्रै अक्षर समूह, चितवनले सम्पन्न गरेको उनको एकल कवितावाचन कार्यक्रममा समेत लगभग यिनै कविताहरुका बारेमा समीक्षात्मक टिप्पणी प्रस्तुत गरिसकेकाले दोहोरिने समस्या आउला भन्ने डर पनि उत्तिकै छ । यहाँ म कवि सिर्जन अविरललाई क्यान्टोनमेन्ट वरिपरिबाट चर्चा गर्ने जमर्को गर्दैछु ।
‘क्यान्टोनमेन्ट र अरु कविताहरु’ भित्र ‘क्यान्टोनमेन्ट’ शीर्षकमा आठ कविताहरु र ‘अरु कविताहरु’ शीर्षकमा २५ कविताहरु समेटिएका छन् । तर, अरु कविताभित्र समेटिएका २५ कविताहरुमा पनि दुईवटा कविता क्यान्टोनमेन्टसँग सम्बन्धित छन् । कुल ३३ कविताहरु समेटिएको प्रस्तुत कृतिमा रचना खण्डले ६८ पृष्ठ र अन्य कुराले १० पृष्ठ गरी जम्मा ७८ पृष्ठको आयाम ओगटेको छ । घटीमा १ पृष्ठदेखि बढीमा ३ पृष्ठसम्मको आयाम बोकेका यो संग्रहभित्रका अधिकांश कविताहरु २ पृष्ठसम्म फैलिएका छन् । पठनका दृष्टिले यी कविताहरु लघु आकारका र चिटिक्क मिलेका लघुकथाजस्ता देखिन्छन् ।
देशभित्र चलेको दस वर्षे जनयुद्धलाई केन्द्रमा राखेर युद्ध जनताका लागि अपरिहार्य थियो भन्ने विचारलाई अंगीकार गर्दै प्रस्तुत संग्रहका कविताहरु तयार पारिएका छन् । त्यसो त, नेपाली जातिको इतिहासलाई हेर्ने हो भने युद्धबाट कुनै पनि काल विमुख देखिँदैन । पूर्वीय साहित्य सिद्धान्तले किटान गरेका नौ रसहरुमध्ये वीर रसको स्थान साहित्यमा सर्वोपरि छ, तर सिर्जनले यस कवितासंग्रहमा वीर रसलाई नभई करूण रसलाई स्थायी भाव बनाएका छन् । दस वर्षे जनयुद्धलाई सम्बोधन गरेर ‘सोह्र साँझहरु’ निबन्धसंग्रह, ‘छापामारको छोरा’ कथासंग्रह, ‘छापामार युवतीको डायरी’ संस्मरणसंग्रह, ‘युर्गेनको घोडा’ उपन्यासलगायत दर्जनौँ कृतिहरु नेपाली साहित्यले प्राप्त गरिसकेको छ । त्यही लाममा उभिन आएके छ, ‘क्यान्टोनमेन्ट र अरु कविताहरु ।’ त्यस्तै, कविताकै विस्तारित रुप खण्डकाव्यमा ‘बुलेट नम्बर पाँच’ र महाकाव्यमा ‘अमरगाथा’जस्ता कृतिहरु प्नि नेपाली साहित्यमा जन्मिसकेका छन् । यी त केही छनौटमात्र हुन्, र छनौट बन्न सक्ने हैसियतमा उभिनु कवि सिर्जनको सफलता हो ।
सुन्दर भविष्यको सपना छातीभरि बोकेर हज्जारौँ नेपालीहरु जनयुद्धमा होमिएका थिए । यसैका कारण दोहोरो मारमा लाखौँ नेपालीहरुको जीवन कष्टकर बनेको थियो । यो समयलाई युद्धरत विद्रोही पक्ष र सत्तापक्षले विपरीत तरिकाले हेरेको कुरा जगजाहेर नै छ । उनमा युद्धले गरिब, दलित, शोषित, पीडित र सीमान्तकृत वर्गका पक्षमा विजय निम्त्याउँछ भन्ने दह्रो विश्वास
देखिन्छ । तर, त्यो विश्वासलाई १२ बुँदे सहमति, शान्ति सम्झौता आदिका नाममा कुण्ठित पार्दै क्यान्टोनमेन्टको चौघेरामा संकुचित पारिएको र त्यहाँबाट पनि अयोग्य लडाकु सावित गर्दै केहीलाई सीमित रकम दिएर घर फर्कन बाध्य पारिएकोमा कविले तीव्र असन्तोष पोखेका छन् । प्रायः सबै कवितामा असन्तुष्टि नै असन्तुष्टिहरु छन् । त्यस्तै निराशा, कुण्ठा र पीडाहरु पनि छताछुल्ल भएका छन्, कवितामा । कविले भूमिकामा आफूलाई आशावादी भने पनि निराशा उनको मूल स्वर बनेको छ । उदाहरण ः
सिंगो जिन्दगी बेखबर बन्दै
अलिनो जिन्दगी बोकेर
खै अनायास
कसरी बग्यो
आँखाबाट नदी ?
(क्यान्टोनमेन्ट–२, पृ. ५)
सिर्जनाजस्तो आशावादी कुरालाई पनि कवि निराशाजनक रुपले हेर्छन् । जन्मलाई पनि कविले यसरी निराशाजनक तवरले अभिव्यक्त गरेका छन् ः
भर्खरै जन्मियो
अनुहारमा घाम अस्ताएर
एउटा बालक
मेरै सामुन्ने क्यान्टोनमेन्टमा
(क्यान्टोनमेन्ट–३, पृ. ८)
वर्तमान समयप्रति कवि सन्तुष्ट छैनन् । समयलाई कवि यसरी
व्यङ्ग्य गर्छन् ः
भर्खरै समयले लेखेर गयो
क्यान्टोनमेन्टको भित्तामा
शताब्दीको अन्तिम युद्ध
र घाइते योद्धाहरु ।
(क्यान्टोनमेन्ट–६, पृ. १३)
युद्धलाई शाश्वत् ठान्ने कवि युद्धविरामप्रति रूष्ट देखिन्छन् । युद्धको नशालाई कवि यसरी उतार्छन् ः
प्रिय क्यान्टोनमेन्ट
म भन्थेँ, सम्पूर्णताको सार हो युद्ध
म ठान्थेँ, मुक्तिको चिरागको युद्ध
मित्थ्या
फगत मित्थ्या ।
(क्यान्टोनमेन्ट–७, पृ. १६)
जनयुद्ध विचारबाट सञ्चालित थियो । युद्धविरामले विचारलाई मा¥यो, विचारमाथि तुसारपात ग¥यो भन्ने भावलाई कविले यसरी वाणि दिएका छन् ः
विचार सबै पखालेर
कसले उभ्यायो नाङ्गै
यो क्यान्टोनमेन्टमा
(क्यान्टोनमेन्ट–३, पृ. ८)
पीडा भन्ने कुराको पनि सीमा हुन्छ, सीमा कट्ने गरी पीडा दियो भने पीडा बोध हुँदैन भन्ने दार्शनिक चेतलाई कवि यसरी व्यक्त गर्छन् ः
दुख्नु पर्ने सबथोक दुखेपछि
ऊ अब दुख्दै नदुख्ने भएर उभिएको छ
पहाडजस्तै
(क्यान्टोनमेन्ट–५, पृ. ११)
नेपाली थाकथलो छाडेर प्रवासमा बस्दै गरेका र उतैको भूमिलाई आफ्नो माटो ठान्ने नेपालीभाषीहरु विभिन्न बहानामा खेदिन विवश भएपछि उनीहरुको शरणार्थी विचारलाई कविले यसरी शब्दमा उतारेका छन् ः
कठै, कसरी बसे होलान्
हामीलाई सिमाना कटाएर
एक हूल चराहरु थिम्पुको पहाडमा
(शरणार्थी, पृ. ३४)
अचेल देश छाडेर काम, दाम र मामको खोजीमा प्रवासतिर लाग्ने र उतै घरजम गरेर बस्नेहरुको संख्या दिनानुदिन बढ्दो छ । यस्तो प्रवृत्तिलाई कविले बिम्बात्मक रुपमा यसरी प्रस्तुत गरेका छन् ः
भूगोलको अर्कै सिमानामा
भुलेर
यो जंगल, पहाड र मैदानलाई
उडेका हुन् चराहरु ।
(उडेका चराहरु, पृ. ६६)
सिंगो कवितासंग्रहभरि कविले क्यान्टोनमेन्टका योद्धाहरुको कथा उन्न खोजेका भए पनि नारी पात्रप्रति बढी लक्षित देखिन्छ । उनले नाम दिएका सुरभि, मनमाया आदि त्यसका उदाहरण हुन् । क्यान्टोनमेन्ट १ मा सुरभिलाई सम्बोधन गरिएको छ भने अन्तिम कविताको त नामै मनमाया
छ । अन्तिम कवितामा पुग्दा कविको निराशा चरमचुलीमा पुगेको छ । उदाहरण ः
उसले लेख्दा नलेख्दै
आँगनको धूलोमा
आफ्नै नाम मनमाया
कसैले छिनाइसकेको छ
उसको मन ।
(मनमाया, पृ. ६८)
निष्कर्षमा भन्नुपर्दा युद्धको समाप्तिको समयपछिको समयमा योद्धाका मनमा आएका विचारलाई टिप्न खोज्नु कविको प्राप्ति हो, तर सबै योद्धाहरुमा चरम निराशा मात्रै देख्नु कविको सीमा हो ।

Related Posts

तपाईंको सबैभन्दा ठूलो क्षमता !

साहित्यकारको फोन डायरी विमोचन

सबै नेपाली नागरिकलाई खोप : मन्त्री त्रिपाठी

सबै नेपाली नागरिकलाई खोप : मन्त्री त्रिपाठी

‘हीरक आरोहणमा तीर्थराज न्यौपाने’ लोकार्पण

‘हीरक आरोहणमा तीर्थराज न्यौपाने’ लोकार्पण

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In