सगर्व स्मरण गर्नुपर्ने कतिपय इतिहासप्रति नकारात्मक धारणा विकसित भैरहेको वर्तमान अवस्थामा प्रत्यक्ष रूपमा नै राष्ट्रिय एकता दिवस त्यसको सोझो निसानामा पर्न गएको देखिन्छ । आजको पृथ्वीजयन्तीलाई लिएर न राज्यपक्षबाट खासै सरोकार राखेको देखियो, न नेपालका विभिन्न राजनीतिक दलहरूले नै यसप्रति कुनै गम्भीर सरोकार राखेको भेटिएको छ । टुक्रा–टुक्रामा विभाजित भएका राज्यहरूलाई एउटा सिङ्गो नेपालको स्वरूपमा निर्माण गर्दै भौगोलिक रूपमा देशलाई समृद्ध तरिकाले एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानलाई अहिले बिर्सने संस्कार पहिलेभन्दा बढी नै हाबी भैरहेको छ ।
०६२÷६३ को दोस्रो जनआन्दोलनको सफल समापनपश्चात् राष्ट्रिय एकता दिवसका रूपमा सरकारले पहिलेदेखि दि“दै आएको सार्वजनिक बिदालाई हालका केही वर्षदेखि कटौतीमा पारिएको छ । आजभोलि जातजाति, धर्म, सम्प्रदाय सबैको नाममा बिदाको भागबन्डा लागिरहेको अवस्थामा राष्ट्रिय एकता दिवसमा दिनैपर्ने बिदालाई कटौतीमा पार्नु निकै ठूलो विडम्बनाका रूपमा अघि आएको छ । सार्वभौम सम्पन्न अखण्ड नेपालको निर्माण गर्ने परिकल्पनालाई मूर्तरूप दिएका पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई लिएर नकारात्मक सोच राख्नु देशका लागि समेत घातक सिद्ध भैरहेको छ ।
पृथ्वीनारायणलाई शाहवंशीय निरङ्कुश कालखण्डस“ग दा“ज्न खोज्ने तत्त्वहरूको आजभोलि चलखेल निकै बढ्दै गएको छ, जसले उनीप्रति सरासर अन्याय गरिरहेको छ । देशमा आजसम्म जति पनि परिवर्तनहरू हु“दै गएका छन्, ती सबै राजनीतिक व्यवस्था निर्माणका लागि भएका हुन् भन्दा अन्यथा हु“दैन, तर राष्ट्रनिर्माणको प्रक्रिया त्यस्ता घटनाहरूस“ग तुलना गर्न मिल्दैन । ठूलाठूला र चर्काचर्का कुरा गर्दै परिवर्तनका नाममा गौरवमय इतिहासलाई बलि चढाउन सकि“दैन । हाल संघीयताका नाममा देशव्यापी रूपमा बढ्दै गएको जात, वर्ग, क्षेत्र, लिङ्गका नाममा गरि“दै आइएको राजनीतिक चलखेललाई पराजित गरेर पृथ्वीनारायण शाहको राष्ट्र र राष्ट्रियताप्रतिको मान्यतालाई स्थापित गर्नुपर्ने खा“चो छ ।
पृथ्वीनारायण शाहपछि आएका शाहवंशीय पुस्ताले आफूलाई निरङ्कुश रूपमा प्रस्तुत गरेका कुरामा कुनै शङ्का छैन । तर त्यसको सजाय राष्ट्रनिर्मातालाई दिनु जायज हुन सक्दैन, जुन आजको पृथ्वीजयन्तीका दिनमा बहसको विषय हुनुपर्छ । आज जातीय राज्यप्रतिको राजनीतिक चलखेलका कारण देश विखण्डित हुने अवस्थामा पुगेको देखिन्छ । पृथ्वीनारायण शाहले एकीकरण गरेको राष्ट्रमा बसेर उनको योगदानप्रति सकारात्मक हुनुपर्ने अवस्थामा झन् उनैप्रति घृणाको भाव प्रकट गर्नुलाई न्यायसङ्गत मान्ने आधार नै छैन । ठाउ“–ठाउ“मा पृथ्वीनारायणका सालिकहरू भत्काइएको अवस्था अझै पनि विद्यमान छ र उनका सालिकहरू भएको ठाउ“मा दलीय राजाहरूलाई उभ्याउने कसरत चलिरहेको देखिन्छ । यसबाट झन् आउ“दो समय कुरूप हुने खतरा देखिन्छ । विकृत राजनीति स्थापित गर्ने आ–आफ्ना नेताहरूलाई राजा मान्दै उनीहरूका सालिक उभ्याउने उपक्रम चलिरहेछ, जसबाट आउ“दो समयमा गलत प्रवृत्ति स्थापित हुने निश्चित छ । यस्तो बेला पृथ्वीनारायण शाहलाई हृदयदेखि नै सम्झनु पर्ने देखिन्छ, ताकि आफ्नो मौलिक इतिहासप्रति सधै“ न्याय हुन सकोस् ।
Discussion about this post