सभासद्द्वय शेषनाथ अधिकारी र काशिनाथ अधिकारीले टिकौलीमा क्षेत्रीय रंगशाला कुनै पनि हालतका बन्ने बताएका छन् । शुक्रबारबाट सुरु भएको रत्ननगर महोत्सव २०७० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनीहरुले टिकौलीमा रंगशाला बनाउदा जैविक विविधतालाई असर नगर्ने र राजनीतिक निर्णय गराएरै सो स्थानमा रंगशाला बनाएरै छाडने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा चितवन क्षेत्र नं. २ का निर्वाचित सभासद् शेषनाथ अधिकारीले टिकौलीचौर सिमसार क्षेत्र नभई चौर भएकाले टिकौलीमा रंगशाला बनाउन अवरोध गर्न नहुने बताउनुभयो । ‘वन मन्त्रालयमा गएर फाइल अड्किएको छ, उहाँले भन्नुभयो, त्यसलाई गतिदिएर रंगशाला बनाउने कामका लाग्ने छु ।
कार्यक्रममा नेकपा एमालेबाट समानुपातिकतर्फ सभासद् बन्नुभएका काशिनाथ अधिकारीले टिकौलीचौरमा रंगशाला बनाउने जिल्ला नेतृत्वको निर्माण वन मन्त्रालयले लत्याएर चितवनमा बन्न लागेको यति ठूलो योजना अलपत्र पार्नु दुर्भाग्य भएको बताउनुभयो । ‘टिकौलीमा कुनै पनि हालतमा रंगशाला बन्छ’ उहाँले भन्नुभयो, तपार्इं जिल्लाबासीहरु ढुक्क हुनुहोस ।
Discussion about this post