काठमाडाँै । एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलको लागि न्यूजील्याण्डमा रहेको नेपाली टोली शुक्रबार भएको अभ्यास खेलमा नामिवियासँग ४ रनले पराजित भएको छ ।
नामिवियाले दिएको २३२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १२७ रन जोड्न सक्यो । अघिल्लो अभ्यास खेलमा घाइते भएका कप्तान पारस खड्का विना नै मैदानमा उत्रिएको नेपालले खराब सुरुवात गरेको थियो ।
नेपालका लागि विनोद भण्डारी र बसन्त रेग्मीले उत्कृष्ट पारी खेले पनि त्यो जीतका लागि पर्याप्त भएन् । भण्डारीले ६० बलमा ८ चौका र ३ छक्काहान्दै ६५ रन जोडको थिए भने रेग्मीले २६ बल खेल्दै २ चौका र ४ छक्काको मद्दतले ३९ रन जोडे । त्यस्तै सागर पुनले २१ शरद भेसवाकरण २० र अनिलमण्डल १९ मा पेवेलिनय फर्किए । खेलमा ज्ञानेन्द्र मल्लको नाममा १५ पृथु बास्कोटाको नाममा १३ र शक्ति गौचनको नाममा १० रन रह्यो । नेपालका सोमपाल कामी ९ र प्रदीप ऐरी ६रनमा अविजित हुँदा महेश क्षेत्री भने एक रनमा नै पेवेलियन फर्किए ।
यसअघि न्यूजील्यान्डको क्राइस्ट चर्चस्थित बरउडपार्कमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २३२ रन बनाएको थियो । नामिबियाका तर्फबाट एसजे बार्डले ७३, एनआरपी सोल्जले ७९ र सी भिल्जोनले ३९ रनको महत्वपूर्ण योगदान गरेकाथिए ।
नेपाली बलरहरू सोमपाल कामीले १० ओभरमा ३६ रन दिएर ४ विकेट लिएका थिए भने बसन्त रेग्मीले २, जितेन्द्र मुखिया, सागर पुन र पृथु बास्कोटाले समानएकएकविकेट लिएका थिए । यो अभ्यास खेलमादुवै टोलीबाट १५÷१५ जना खेलाडी सहभागी गराइएको छ ।
आइसीसी विश्वकप क्रिकेट छनोट खेल न्यूजील्यान्डमा यही पुस २९ गतेदेखि माघ १८ गतेसम्महुँदैछ । सो खेलमा नेपाल समूह क मा रहेको छ । यो समूहमायुएई, स्कटल्यान्ड, क्यानडा र हङकङ छन् । समूह ख मा नेदरल्यान्ड्स, केन्या, नामिबिया, पपुआ न्यूगिनी र उगान्डा रहेका छन् । आइसीसीका अनुसार छनोट हुने तीनटोलीले आगामी सन् २०१५ मा न्यूजील्यान्डमा हुने विश्वकपमा खेल्न पाउनेछन् ।
Discussion about this post