ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

लागूऔषध नियन्त्रण गर

by चितवन पोष्ट
२०७० पुष २५, बिहीबार ०४:३० गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

चितवन यतिबेला लागूपदार्थ ओसारपसार तथा बिक्रीवितरणका लागि ‘ट्रान्जिट प्वाइन्ट’ बनिरहेको छ । भारतीय सीमा क्षेत्रबाट भित्रिएका लागूऔषध चितवन हुँदै राजधानी काठमाडौँ, पोखराजस्ता सहरमा बिक्रीवितरण हुने गरेको पाइएको छ । चितवनमा कानुनले वर्जित गरेका लागूऔषधको कारोबार गर्ने सञ्जाल सक्रिय भए पनि प्रहरीले यस्ता कारोबारीलाई पक्राउ गर्न सकेको थिएन । तर, असोजदेखियता चितवनका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित कारोबारीहरुलाई पक्राउ गरेर प्रहरीले लागूऔषध नियन्त्रणमा सक्रियता देखाएको छ । लागूऔषध नियन्त्रणका लागि प्रहरी प्रशासन ‘मिसन’कै रुपमा लागिपरेपछि यस्तो धन्दामा प्रहरी, सैनिक तथा यातायात व्यवसायीसमेत संलग्न रहेको खुलेको छ । प्रहरीले भरतपुर र नारायणगढ क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषधसहित २२ जना कारोबारीहरुलाई पक्राउ गरेको छ । यसबाट चितवनमा लागूऔषध कारोबारमा ठूलो ‘नेटवर्क’ सक्रिय हुनसक्ने संकेत देखिएको छ ।
प्रहरीले लागूऔषध कारोबारमा संलग्न ३ सैनिकलाई मुद्दा चलाई कारागार चलान गरेकोे छ । एक प्रहरी जवानलाई हालै पक्राउ गरेर अनुसन्धान प्रक्रिया सुरू गरेको छ । गत तीन महिनायता मात्र १५० बढी लागूऔषध प्रयोगकर्ता पक्राउ परिसकेका छन् । लागूऔषध प्रयोगकर्ताहरु अधिकांश प्लस टुका विद्यार्थी छन् । प्रहरीले त्यस्ता युवालाई पुनस्र्थापना केन्द्रमा पठाएको छ । उनीहरु अभिभावकको निगरानीभन्दा बाहिर रहेको पाइएको छ । चितवनमा लागूऔषधका कारण समाजमा नकारात्मक असर परिरहेको छ । युवाहरु दिनहुँजसो यस्ता दुव्र्यसनको शिकार बनिरहेका छन् । पहिले साथीभाइको देखासिकीमा परेर लागूऔषध सेवन गर्ने युवाहरु पछि लतको रुपमा फस्ने गरेको पाइएको छ । अहिले अधिकांश विद्यालय प्रशासन तथा अभिभावकहरुमा आफ्ना छोराछोरीको पढाइभन्दा पनि कुलतमा फस्छन् कि भन्ने त्रास बढिरहेको छ । लागूऔषधको कुलतका कारण धेरै अभिभावकहरु पीडित हुनु परेको छ ।
लागूऔषधको कारोबारमा समाज रक्षकका रुपमा रहेका सेना तथा प्रहरी नै संलग्न हुनुले यसको कारोबार नियन्त्रणमा समस्या देखिएको छ । डाइजेपाम, नाइट्रोजेपाम, बुफिनर्फिन, फेनारगन, फेन्सिडील, हिरोइन, चरेस, गाँजाजस्ता लागूपदार्थको कारोबार तथा सेवन गर्नु गैरकानुनी मानिन्छ । यस्ता लागूपदार्थको बढ्दो कारोबारले धेरै युवाहरुले आफ्नो अमूल्य जीवन बर्बाद् गरेका छन् । लाखौँ धनको क्षति भइरहेको छ । सयौँ परिवार विस्थापित भएका छन् । दर्जनौँ अभिभावकको सपना तुहिएको छ । तर, लागूऔषधको कारोबार तथा कुलतमा फसेकालाई निरूत्साहित गर्न प्रहरीले पहिले कारोबारीहरुको नेटवर्क पत्ता लगाउनु आवश्यक देखिन्छ । सेना तथा प्रहरी प्रशासनभित्रै पनि यस्ता प्रवृत्ति भएका व्यक्तिहरुको सूक्ष्म अनुसन्धान गरिनुपर्छ । प्रहरीको यो अभियानमा नागरिक समाज, अभिभावक र शैक्षिक संघसंस्थाले निगरानीसहित सहयोग गर्नु जरूरी छ । लागूऔषध नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता रहेमात्रै हाम्रा बालबालिकाहरु यस्ता कुलतको शिकार हुनबाट जोगिनेछन् ।

Related Posts

Chitwan Post

शिक्षकको ‘अनैतिक’ कुकृत्य

Chitwan Post

आगलागी नियन्त्रण चुनौतीपूर्ण बन्दै

Chitwan Post

वार्ताको पहल स्वागतयोग्य

Discussion about this post

अन‌ि यो पनि

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ
समाज

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

भरतपुर । शनिबार बेलुकी ८ः४० बजेको समयमा भरतपुर ३ पुल्चोकस्थित ड्युटीमा खटिएका प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ परेका छन्...

Read more
मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

धर्म जीवनको खोज हो

आफ्नो हृदयको आवाजलाई कसरी सुन्ने !

धर्म जीवनको खोज हो

साधना नगर्ने बहाना

Chitwan Post

शिक्षकको ‘अनैतिक’ कुकृत्य

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In