ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

डेढ सय बढी मानवअधिकार उल्लंघनका घटना

by चितवन पोष्ट
२०७० पुष २५, बिहीबार ०४:२९ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

एक वर्षमा १३ बालिका बलात्कृत              [divider]

-दिपेन्द्र अधिकारी
1 photoभरतपुर । मानवअधिकार सम्बन्धी गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चितवनमा एक वर्षको अवधिमा १३ जना बालिका बलात्कारको सिकार बन्नुपरेको तथ्याङ्क सार्वजनिक गरेको छ । बुधबार भएको वार्षिक समीक्षा कार्यक्रममा इन्सेक चितवनले १३ जना बालिका बलात्कारको सिकार बन्नुपरेको कहालीलाग्दो तथ्याङ्क प्रस्तुत गरेको हो ।
१३ बालिकामध्ये लगातार बलात्कृत भएकी जुटपानीकी एक बालिकाको गर्भपछि बच्चा समेत जन्मिएको छ । यस घटनाका दोषीलाई केही दिन अघिमात्र चितवन अदालतले ११ वर्षको कैद सजाय सुनाएको थियो ।
त्यस्तै, हालसम्म घरेलु हिंसाका कुनै पनि घटना अदालतमा नपुगेको पाइएको छ । झण्डै ७८ वटा घरेलु हिंसासम्बन्धी घटना मिलापत्र गरी समाधान गरिएको इन्सेकले जनाएको छ । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्लो समय पुरूष हिंसाका घटना प्रहरीमा के कति दर्ता भए भन्ने सम्बन्धमा एकिन तथ्याङ्क नभएपनि घटनाहरु छिटफुट रूपमा आउने गरेको उल्लेख छ ।
मानवअधिकार उल्लंघनका घटना १५० रहेका र ती सवै गैरराज्य पक्षबाट भएको इन्सेकले जनाएको छ । इन्सेकको प्रतिवेदनमा उल्लेख भएअनुसार एक वर्षको अवधिमा ३ महिला र ४ पुरूषको हत्या भएको छ । मानवअधिकार उल्लंघनसम्बन्धी १५० घटनामध्ये २२ वटा पुरूषसँग सम्बन्धित र अन्य १२८ महिला अधिकारसँग सम्बन्धित रहेको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१३ को वार्षिक मानवअधिकार उल्लंघनका घटना विवरण सार्वजनिक कार्यक्रममा यस अवधिमा ३ महिला बलात्कारको सिकार बनेको उसले जनाएको छ । त्यस्तै, महिलाअधिकार उल्लंघनसम्बन्धी ९८ घटना प्रहरीमा दर्ता भएको इन्सेकले जनाएको छ ।
महिलाअधिकार उल्लंघनका ९८ घटनामध्ये घरेलु हिंसासम्वन्धका ७८, बहुविवाहका १०, बलात्कारका ३, बलात्कार प्रयास १, यौन दुव्र्यवहारका ३, धम्कीका १ र महिला बेचबिखन सम्बन्धी २ वटा घटना चितवन प्रहरीमा दर्ता भएको इन्सेकका संयोजक मुकुन्द दाहालले बताए ।
एक वर्षको अवधिमा २ पुरूष अपहरणमा परेका, ८ महिला र ४ पुरूषमाथि कुटपिट भएको, ४ महिला र एक पुरूषमाथि अमानवीय व्यवहार भएको, २ महिला र ११ पुरूष घाइते भएको, ३ महिला र ४ पुरूषको हत्या भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, अभिव्यक्ति स्वतन्त्रता अधिकार हनन सम्बन्धमा राज्य पक्षबाट ६ र गैरराज्य पक्षबाट ३ वटा घटना भएको छ । ‘महिला हिंसा र त्यसमाथि पनि बलात्कारका घटनामा राज्य पक्ष केही बलियो देखिए पनि चित्तबुझ्दो न्याय भने दिलाउन नसकेको इन्सेक प्रतिनिधि सावित्री सापकोटाले बताइन् ।
वार्षिक समीक्षा कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता खेम पाठक, चितवन अदालतका श्रेष्तेदार बोधनाथ पौडेल, जिल्ला प्रहरी कार्यालय चितवनका मुद्दा फाँटका प्रहरी निरीक्षक जीवलाल चुदाली, नेपाल मानवअधिकार संगठनका बालकृष्ण पौडेल, पत्रकार एकल सिलवाललगायतले मानवअधिकार उल्लंघन र कानुनी उपचारका विषयमा आआफ्नो धारणा राखेका थिए ।

Related Posts

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

प्रमुख प्रशिक्षक अरुणा गुरूङलाई सम्मान

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

पश्चिम चितवनका पत्रकारलाई प्रेस ज्याकेट

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
खेलकुद

फागुन २५ गतेदेखि नवलपुरमा राष्ट्रपति रनिङ शिल्ड हुने

कावासोती । पूर्वी नवलपरासीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २५ गतेबाट हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरका...

Read more
शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

प्रमुख प्रशिक्षक अरुणा गुरूङलाई सम्मान

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

पश्चिम चितवनका पत्रकारलाई प्रेस ज्याकेट

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

Chitwan Post

रामकृष्ण टोलमा श्रेष्ठको नेतृत्व

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In