ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बजेटमा सडक मर्मतलाई प्राथमिकता

by चितवन पोष्ट
२०७० पुष २५, बिहीबार ०४:२७ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७१÷७२ लाई सडक मर्मत वर्षको रूपमा विकासका योजनाहरुलाई अगाडि बढाउने भएको छ । १८ औं नगरपरिषद्बाट पारित गरिएको बजेट सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा चालु आर्थिक वर्ष ढल मर्मत वर्षको रूपमा विकासका योजना अघि सारेको नगरपालिकाले २०७१÷७२ लाई भने सडक मर्मत वर्षको रूपमा मनाउन लागेको हो ।
नगरपालिकाभित्र १५० किलोमिटर कालोपत्रे सडक रहेको र तिनीहरुको स्तरोन्नती तथा मर्मतलाई आगामी वर्षको बजेटमा उच्च प्राथमिकता दिइएको नगरपालिकाका कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठले बताउनुभयो । चालु आर्थिक वर्षभन्दा करिव २ करोड ५० लाख बढी बजेट ल्याएको नगरपालिकाले विकास निर्माणलाई प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा एलसीडीपी कार्यक्रम नआएर आर्थिक वर्ष २०७०÷७१ का लागि साढे ८ करोड बजेट विनियोजन गरेको नगरपालिकाले आव २०७१÷७२ मा एलजीसीडीपी कार्यक्रम आएपछि बजेट थपिएको कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाले पुस २२ गते नगर परिषद सम्पन्न गरी पारित गरेको १० करोड ९५ लाख बजेट सार्वजनिक गरेको हो । नगरपालिकाले २ करोड २५ लाख आन्तरिक श्रोतबाट र ८ करोड ६९ लाख बाह्य श्रोतबाट जुटाइने लक्ष्य राखिएको नगरपालिकाका कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
प्रशासनिक खर्चतर्फ नगरपालिकाले १ करोड ९९ लाख र विकास निर्माणतर्फ ८ करोड ९१ लाख रूपैयाँ विनियोजित गरेको छ । नगरपालिकाले सपिङ कम्प्लेक्सको निर्माणका लागि जग्गा खरिद गर्न १ करोड, सडक निर्माणको लागि २ करोड र प्रत्येक वडाका लागि कम्तीमा १० लाखको वडास्तरीय योजना पारित गरेको लेखा अधिकृत सीताराम पोखरेलले बताउनुभयो ।
नगरपालिकाले आव २०७१÷७२ को लागि कृषिमा २५, पूर्वाधार निर्माणमा ३५, स्वास्थ्यमा १०, महिला विकासमा १० बालबालिकाको क्षेत्रमा काम गर्न १५ र आदिवासी जनजाति तथा मुस्लिम, पिछडा वर्गको लागि पनि त्यतिकै रकम विनियोजन गरेको छ । बजेटमा कृषि तथा पशुपालनमा विशेष जोड दिइएको छ भने सडक मर्मत, पर्यापर्यटन, बालबालिका, ज्येष्ठ नागरिक, जनजाति, आदिवासी, पछाडी पारिएको वर्गलाई समेत समेटर बजेट विनियोजन गरेको जनाएको छ । नगरपालिकाले कर सेवा शुल्कजस्ता विषयमा चालु वर्षकै योजनालाई निरन्तरता दिएको जनाएको छ ।

‘गाडी दुरूपयोग होइन’

रत्ननगर । रत्ननगर नगरपालिकाले आफ्ना कर्मचारीहरुले नगरपालिकाको गाडी दुरूपयोग गरेको घटनाको खण्डन गरेको छ । आर्थिक वर्ष २०७१÷७२ को बजेट सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठले गाडी दुरूपयोग गरेको नभई अराजक समूहले गाडीमाथि तोडफोड गरेर क्षति पु¥याएको आरोप लगाउनुभयो ।
नगरपालिकाको बजेट निर्माणको क्रममा ल्याण्डफिड साइडको व्यवस्थापन तथा पर्यटकीय पूर्वाधार निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न जाँदा नगरपालिकाका कर्मचारीले प्रयोग गरेका गाडी तोडफोड गरिएको उहाँको भनाइ थियो । नगरपालिकाका योजना शाखा प्रमुख प्रकाशचन्द्र ढुंगाना, लेखा अधिकृत सीताराम पोखरेल र सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेललाई आफूले नै काममा पठाएको उहाँले बताउनुभयो । गत पुस १९ गते रत्ननगरको मंगलपुरमा नगरपालिकाका कर्मचारी चढेर गएको नगरपालिकाको गाडी तोडफोड भएको थियो ।

Related Posts

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

Chitwan Post

अनुचित व्यापारिक कारोबार गर्ने एकसय बढी फर्म कारबाहीमा

Discussion about this post

अन‌ि यो पनि

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा
प्रमुख समाचार

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क भइसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र...

Read more
सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In