रत्ननगर । रत्ननगर–१३ जयमंगलामा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाका लागि जाडोमा लगाउने न्यानो कपडा सहयोग प्राप्त भएको छ ।
मोरङ उर्लाबारी स्थायी घर भई विगत ५ वर्षदेखि वैैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत गंगा थापाले कुरियरमार्फत बालबालिकाहरुलाई न्यानो कपडा पठाउनुभएको छ । कुरियरमार्फत पठाएको कपडा संरक्षण केन्द्रमा आइपुगेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । इजरायलमा कार्यरत पारू लोहारको सहजीकरणमा गंगाले कपडा सहयोग गर्नुभएको अध्यक्ष शर्माले बताउनुभयो । केन्द्रमा चितवन र मकवानपुरका ५२ जना चेपाङ बालबालिका आश्रित छन् ।
Discussion about this post