ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

यातायात छाहारीको सेवा विस्तार

by चितवन पोष्ट
२०७० पुष २५, बिहीबार ०४:२५ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

गैंडाकोट । चितवन यातायात व्यवसायी संघ ‘छाहारी’ले आफ्नो सेवा अब चितवन बाहिर पनि लैजाने भएको छ । जिल्ला भित्रमात्रै यातायात सेवा दिइरहेको संघले अब जिल्ला बाहिर पनि सेवा दिन लागेको हो । संघको बुधबार सम्पन्न ३० आंै वार्षिक साधरण सभामा सचिव नेत्रप्रसाद ढुगानाबाट प्रस्तुत प्रतिवेदन पास भएपछि संघमा आबद्ध सवारी साधनलाई बाहिरी जिल्लाको रूट खुला भएको हो ।
‘हामी अब चितवनभन्दा बाहिरका रूटमा पनि यातायात सेवा दिने निर्णयमा पुगेका छाँै’, साधरण सभाको निर्णयका बारेमा जानकारी दिँदै संघका अध्यक्ष बद्रिप्रसाद पौडेलले भने, ‘ अब हामी काठमाडाँै, बाग्लुङ र वीरगञ्जका रूटमा पनि सवारीसाधन चलाउँछांै ।’  संघले अहिलेसम्म चितवनका ग्रामीण क्षेत्रहरुका रूटमा मात्रै आफ्ना सवारी साधन सञ्चालन गर्दथ्यो । अध्यक्ष पौडेलले नयाँ रूटमा सवारी साधन सञ्चालन गर्नुपूर्व सो क्षेत्रमा सवारी साधन सञ्चालन गरिरहेका यातायात व्यवसायी संस्थाहरुसँग पहिला समन्वय र सहमति गर्ने पनि उनले बताए ।
यातायात व्यवसायीहरुको संस्थामध्येकै जिल्लामा पुरानो संस्थाले जिल्ला बाहिरको रूटमा पनि सवारी सधान राख्ने निर्णय गरेसगंै यसको प्रभाव पर्ने देखिन्छ । नारायणी यातायात व्यवसायी संघका उपाध्यक्ष अशोक पोख्रेलले यातायात व्यवसायीहरुको एकताले रूट विस्तारमा सहयोग पुग्ने बताए ।
‘कुनै पनि यातायात संघ सम्बन्धित संस्थाहरुले आफ्नो रूट विस्तार गर्छन् भने त्यो राम्रो हो’, उपाध्यक्ष पोख्रेलले भने, ‘रूट विस्तार गर्दैगर्दा पनि यातायात व्यवसायीहरुको एकतामा पनि ध्यान दिनुपर्छ ।’ यातायात व्यवसायीहरुको एकतामा नै बल भएको बताउँदै उनले चितवनबाट चल्ने सवारी साधनहरु देशका कुनाकुनाका रूटमा पुग्नुपर्ने आवश्यकता पनि औंल्याए ।
संघको साधरण सभाको उद्घाटनसत्र नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । संघका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यातायात व्यवसायीहरु कपिल पाण्डे, दामोदर शाही, कृष्णलाल दाहाल, खड्गबहादुर गुरूङ, मित्रबहादुर केसी, गोकर्ण पराजुली, प्रदीपराज हमाल, चनबहादुर बोहोरालगायतले मन्तव्य व्यक्त गरेका थिए । साधरणसभाले कोषाध्यक्ष विष्णुप्रसाद पौडेलको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ ।

Related Posts

आर्थिक अभावमा रक्त क्यान्सरका बिरामी, सहयोग गरिदिन परिवारको अपिल

आर्थिक अभावमा रक्त क्यान्सरका बिरामी, सहयोग गरिदिन परिवारको अपिल

पूर्वप्रहरी संगठन चितवनको साधारण सभा

पूर्वप्रहरी संगठन चितवनको साधारण सभा

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

Discussion about this post

अन‌ि यो पनि

आर्थिक अभावमा रक्त क्यान्सरका बिरामी, सहयोग गरिदिन परिवारको अपिल
समाज

आर्थिक अभावमा रक्त क्यान्सरका बिरामी, सहयोग गरिदिन परिवारको अपिल

भरतपुर । भरतपुर महानगरपालिका वडा नं १० स्थित कोठाभाडामा बस्दै आएका ५४ वर्षका गुणराज पौडेल अहिले क्यान्सर रोगसँग लडिरहेका छन्...

Read more
अनुशासनका लागि भन्दै विद्यार्थीको कपाल मुण्डन

अनुशासनका लागि भन्दै विद्यार्थीको कपाल मुण्डन

पूर्वप्रहरी संगठन चितवनको साधारण सभा

पूर्वप्रहरी संगठन चितवनको साधारण सभा

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In