रत्ननगर । पुस २६ गते बाट रत्ननगरको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सव २०७० को तयारी पुरा भएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको रत्ननगर महोत्सव २०७० को सातौं संस्करण हो । महोत्सव सम्पन्न गर्न आवश्यक पर्ने स्टल निर्माण, प्रचारप्रसार, स्वागतद्वार निर्माण, टिकट व्यवस्थापन, सुरक्षा व्यवस्थालगायतका सम्पूर्ण कामहरु पूरा भएको महोत्सव मूल समारोह समितिका संयोजक दीपककुमार कर्माचार्यले जानकारी दिनुभयो । ४२७ वटा व्यवसायिक स्टल रहने महोत्सवमा करिव १५ करोड रूपैयाँको आर्थिक कारोबार हुने प्रर्दशक व्यवस्थापन समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिनुभयो ।
देशकै कृषि उत्पादनको केन्द्रविन्दु चितवनमा हुन लागेको सो महोत्सवमा कृषि क्षेत्रको विकासलाई प्राथकिमतामा राखिएको छ । कृषिको विकासको लागि महोत्सवमा माछाजन्य व्यवसाय, केरा, डेरी र पोल्ट्री व्यवसायको प्रर्वद्धन गर्ने उद्धेश्यले राष्ट्रिय स्तरको गोष्ठी तथा सेमिनारको आयोजना गरिएको गोष्ठी तथा सेमिनार समितिका संयोजक ईश्वरीप्रसाद अर्यालले बताउनुभयो । महोत्सवको नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको रत्ननगर उद्योग वाषिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो ।
यसैबीच महोत्सवको टिकट बिक्रीबाट भएको आम्दानीको केही हिस्सा बालश्रम न्यूनीकरणमा खर्च गरिने महोत्सवका संयोजक दीपककुमार कर्माचार्यले जानकारी दिनुभयो । बालश्रम न्यूनीकरणको लागि एउटा टिकट बिक्रीबाट एक रूपैयाँ छुट्याउने आयोजकको योजना छ । एउटा टिकटबाट बिक्री भएको एक रूपैयाँ छुट्याएर ‘बास्केट फन्ट’ बनाएर जोखिममा परेका बालबालिकाको उत्थानमा खर्च गरिने बताइएको छ ।
Discussion about this post