एचआईभी सङ्क्रमितको उपचार सुरू

अन‌ि यो पनि

भरतपुर । चितवनका विभिन्न क्षेत्रमा घुम्ती रक्तपरीक्षणबाट पहिचान भएका नयाँ एचआईभी सङ्क्रमितहरूको उपचार सुरू भएको छ ।
केहीको अवसरवादी सङ्क्रमणको परीक्षण भइरहेको र केहीले भने एआरटी (एन्टी रेक्ट्रो भाइरल थेरापी) सेवा लिन थालेका जिल्ला एड्स समन्वय समिति चितवनका संयोजक रामहरि न्यौपानेले जानकारी दिनुभयो । चितवनमा गएको महिनामा गाउँगाउँमा सञ्चालन गरिएको शिविरमा १९ जना नयाँ सङ्क्रमित फेला परेका थिए ।
सङ्क्रमितहरू लुकेर बस्दा जटिलता बढ्ने भएकाले उनीहरूलाई खुल्न प्रेरित गर्ने उद्देश्यले यहाँ परीक्षण शिविर गरिएको हो । अहिले चार जनाले एआरटी सेवा लिइरहेका, १३ जनाको अवसरवादी रोगको परीक्षण चलिरहेको तथा दुई जना अझै सम्पर्कमा नआएको एचआइभीसम्बन्धी काम गर्दै आएको संस्था एएचएफका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अवसरवादी सङ्क्रमणको १५ दिने परीक्षण सकिएपछि मात्रै एआरटी सेवा दिने गरिएको छ । यो सेवा चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालमा रहेको छ । यो सेवा पाएपछि सहज जीवनयापन हुने र रोजगारी तथा अन्य काम गर्न पनि कुनै समस्या नपर्ने तथा सामान्य मानिससरह नै हुने उहाँले बताउनुभयो ।
यसअघि जिल्लामा ९८१ जना एचआइभी सङ्क्रमित रहेकामा अब थपिएर सङ्क्रमितको सङ्ख्या एक हजार जना पुगेका छन् । यहाँका आठ गाविस र भरतपुर अस्पतालमा रक्त परीक्षण गरिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय, भरतपुर अस्पताल र एएचएफ संस्थाको संयुक्त आयोजनामा यहाँ कार्यक्रम सञ्चालन गरिएको हो । सङ्क्रमितमध्ये अहिले चितवनमा कुल ५४१ जनाले भरतपुर अस्पतालबाट एआरटी सेवा पाउँदै आएका छन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया