नवलपरासी । बालबालिकाको विकासका लागि बालमैत्री अवधारणा अवलम्बन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । जिल्ला विकास समिति नवलपरासीले आयोजना गरेको बालमैत्री स्थानीय शासन (सिएफएलजी) कार्यक्रमको अभिमुखीकरणमा बोल्ने सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
बालबालिकाको पहुँच हुने पुर्बाधारको विकास र उनीहरुको मनोबिज्ञान र सामाजिक वातावरण कायम राख्नुपर्नेमा अभिभावकहरुले नै ध्यान दिनुपर्ने जिविसका कार्यक्रम अधिकृत पुष्कर काफ्ले बोल्नु भयो । एकहजार दिन सम्मका बालबालिकाहरुलाई अभिभावकले सकारात्मक कुरा मात्र सिकाउनुपर्ने युनिसेफका परशुराम पन्तले बताउनुभयो । गर्भमा रहेदेखि एक हजार दिनसम्म बालबालिकाको सर्वाङ्गीण विकास ८५ प्रतिशत हुने भएकाले आमाको गर्भदेखि नै बच्चको स्याहार आवश्यक भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला बाल कल्याण समितिका सदस्य सुवासचन्द्र गिरी, बालअधिकार अधिकृत रवि गौतम, प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष विद्रोही गिरीलगायतले बोलेका थिए ।
Discussion about this post