ADVERTISEMENT
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भारतीय चल्लाको अवैध आयात बढ्यो

by चितवन पोष्ट
२०७० पुष २४, बुधबार ०२:५० गते
in अर्थ
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नियमले नदिए पनि भारतबाट अवैध चल्ला ल्याउने क्रम बढेको सम्बन्धित व्यवसायीहरु बताउँछन् । भर्खर सम्पन्न पहिलो पोल्ट्री दिवसका अवसरमा रत्ननगरमा भएको कार्यक्रममा यस विषयमा व्यापक चर्चा भएको थियो ।
विभिन्न परीक्षण र मापदण्ड पार गरेपछि मात्रै भारतलगायत अन्य मुलुकबाट नेपालमा कुखुराका चल्लाहरु ल्याउन पाइने प्रावधान छ । चल्ला ल्याउँदा हवाइ मार्गबाट ल्याउनु पर्ने हुन्छ । तर यस्ता प्रावधानविपरीत भन्सार नाकासमेत छलेर भारतीय चल्ला नेपाल भित्रिएका छन् । किसान मात्रै नभएर यस्तो चल्लाका ग्राहक नेपालका ‘केही ह्याचरी उद्योग’ पनि रहेका छन् ।
बारा कलैयाका अखिलेश तिवारी चल्ला दाना लगायत कुखुरा व्यवसायसँग सम्बन्धित वस्तुहरु किसान माझ पु¥याउने व्यवसायी हुन् । उनको अनुभवमा नेपालीभन्दा भारतीय चल्ला गाउँ–गाउँमा पुगेका छन् । पोल्ट्री उद्योगसँग सम्बन्धित अन्य व्यवसायीहरु पनि भारतसँग सिमाना जोडिएका जिल्लाहरुमा अवैध चल्ला आयात भइरहेको स्वीकार गर्छन् ।
अखिलेश भन्छन् ‘भारतीय चल्लाप्रति गोटा नेरु ५० मा किसानको फार्ममा पुगेको हुन्छ । नेपाली चल्ला ८० रूपैयाँभन्दा धेरै पर्छ । किसानहरु सस्तोमा आकर्षित भइ हाल्छन् वैैध अवैधको उनीहरुलाई वास्ता रहँदैन ।’ भारतीय ह्याचरीका एजेण्टहरु माग अनुरूपको चल्ला बोकेर किसानका फार्ममा नै पुग्ने गरेको अखिलेशले बताए ।
‘नेपाली चल्ला एक त महङ्गो छ, त्यसमाथि भनेको समयमा पाइँदैन पनि । त्यसैले भारतीय चल्लाको अवैध आयात फष्टाएको हो’ अखिलेशले भने । बर्डफ्लुका कारण नेपालका ह्याचरीहरुले माउ कुखुरा नष्ट गर्दा उत्पादन घटेको छ । त्यसैले माग अनुरूपको आपूर्ति कम छ भने मूल्य पनि दिनप्रतिदिन आकासिँदै गएको छ ।
नेपाल ह्याचरी उद्योग संघ चितवनका अध्यक्ष ऋषिराम पौडेल अण्डाका लागि पालिने लेयर्स जातका कुखुराका चल्लाका नभएर मासुका लागि पालिने ब्रोइलर कुखुराका चल्लाको अवैध आयात भएको बताउँछन् । नेपालमा रातो अण्डा पार्ने कुखुरा पाल्ने प्रचलन छ । भारतमा सेतो अण्डा पार्ने कुखुरा हुन्छ ।
त्यसैले अण्डाका लागि पालिने कुखुराका चल्लाको भारतबाट अवैध आयात सम्भव नभएको व्यवसायीहरु बताउँछन् । ‘अण्डा पार्दा भारतीय हो या होइन प्रष्टै पहिचान हुन्छ । मासुबाट केही फरक छुटिन्न । त्यसैले ब्रोइलर चल्लाको अवैध आयात बढेको छ । नेपालमा उत्पादन हुने ब्रोइलरका चल्ला र हुर्केका ब्रोइलरको संख्या जोड्दा यो प्रष्ट हुन्छ’ पौडेलले भने ।
व्यवसायीको अनुसार भारतसँग सिमा जोडिएका जिल्लामा भारतीय चल्ला ६० देखि ८० प्रतिशतसम्म र बाँकी नेपाली चल्ला हुने गरेको छ । नेपालका ह्याचरीले समेत भारतबाट अबैध चल्ला भित्राएर आफ्नो प्याकेजिङमा राखेर नेपाली भन्दै बजारमा पठाउने गरेको व्यवसायीहरुकै भनाइ छ । ब्रोइलर चल्ला उत्पादन गर्ने ह्याचरी यो काममा लागेका छन् ।
‘हर पेशा व्यवसायमा गलत तत्व हुन्छन् । ह्याचरी उद्योगमा पनि केही त्यस्ता देखिए’ ह्याचरी व्यवसायी तथा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट बताउँछन् । चार पाँच ह्याचरी यस्तो काममा लागेको विष्टको भनाइ छ । ह्याचरीमा भएका माउ कुखुरा र बाहिरीने चल्लाको लगत राख्ने व्यवस्था गरे यस्तो प्रवृत्ति निरूत्साहित हुने उनको भनाइ छ । अवैधानिक तवरमा आउने चल्लाले रोगका प्रकोप बढाउँछ । ‘भारतले यहाँ पठाउने चल्ला भनेको स्वस्थकर पनि छैन । डम्प गर्नुपर्ने चल्ला यता पठाएको छ । जाँच्ने रोक्ने नभएपछि भित्रिएको हो । कसरी रोक्ने व्यवसायीसँगै सरकारी निकाय पनि गम्भीर हुन आवश्यक छ’ विष्टले भने ।
नेपालमा हाल मासुका लागि पालिने ब्रोइलर कुखुराका चल्ला प्रतिहप्ता १० लाख र अण्डाका लागि पालिने लेयर्स चल्लाप्रति हप्ता ६५ हजार गोटा उत्पादन हुने गरेको छ । लेयर्सका धेरै चल्ला चितवनमै उत्पादन हुने गर्छ ।

Related Posts

खैरहनी नगरपालिकाको ६ महिनामा ६ करोड राजस्व संकलन

खैरहनी नगरपालिकाको ६ महिनामा ६ करोड राजस्व संकलन

भरतपुर महानगरको सिटी हल निर्माणको काम धमाधम

भरतपुर महानगरको सिटी हल निर्माणको काम धमाधम

Chitwan Post

सात अर्ब ५१ करोड राजस्व असुली

Discussion about this post

अन‌ि यो पनि

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ : नेकपाका नेता
राजनीति

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ : नेकपाका नेता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं सरकारका वरिष्ठ मन्त्रीहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मकरुपमा प्रतिनिधिसभा...

Read more
खैरहनी नगरपालिकाको ६ महिनामा ६ करोड राजस्व संकलन

खैरहनी नगरपालिकाको ६ महिनामा ६ करोड राजस्व संकलन

भरतपुर महानगरको सिटी हल निर्माणको काम धमाधम

भरतपुर महानगरको सिटी हल निर्माणको काम धमाधम

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

रत्ननगरमा बालविवाहविरुद्ध प्रतिबद्धता

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In