भरतपुर । सपोर्ट ‘एन’ केयर संस्थाबाट हालसम्म १ सय ७ जनाले पिआरसी (पोष्ट रिहाविटेसन सेन्टर) सेवा लिएको संस्थाका कार्यक्रम संयोजक दीपक पौडेलले बताए । मंगलबार संस्थाको कार्यालयमा भएको पत्रकार अन्तक्र्रिया कार्यक्रममा बोल्दै पौडेलले संस्थाको पीआरसी गतिविधिबारे जानकारी गराएका थिए ।
संस्थाले विगत लामो समयदेखि लागूऔषध, मादकपदार्थ प्रयोगकर्ता तथा एचआइभी संक्रमित र प्रभावितहरुलाई उपचार, हेरचाह, सहयोग, परामर्श तथा तिनका हक अधिकार संरक्षण गर्दै आइरहेको छ । चितवन जिल्लाका विभिन्न सुधार केन्द्रहरुबाट आवासीय उपचार पूरा गरेपछि परिवार तथा समाजमा पुनसर््थापनाका क्रममा हुन सक्ने विविध जोखिमहरुबाट टाढा राख्न यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको पौडेलले बताए ।
पुनः लागूपदार्थ प्रयोग गर्नु एवम् रिस्याप्सको सम्भावनाबाट बच्न पारिवार र सामाजिक रुपमा पुनसर््थापना र क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यद्वारा सञ्चालित पीआरसी कार्यक्रमअन्तर्गत हाल नवौं समूहका सेवार्थीहरुले सेवा लिँदै आइरहेको संस्थाले जनाएको छ । हाल १२ जनाले यो सेवा लिइरहेका छन् ।
संस्थाबाट यो सेवा पाएपछि ७ जनाले आफ्नै व्यवसाय सुरू गरेको, १५ जनाले जागिर खाएको, २२ जना व्यवसायमा संलग्न भएको, १७ जना वैदेशिक रोजगारीमा गएको र १५ जना पुनः अध्ययन कार्यमा लागेको पौडेलले जानकारी दिए । त्यस्तै ९ जना अझै पनि नियमित हेरचाहमा छन् ।
Discussion about this post