सडक बालबालिकाका परिवारलाई सहयोग

अन‌ि यो पनि

नारायणगढ । सडक बालबालिकाका क्षेत्रमा कृयाशील दियालो परिवारले २० बालबालिकाका परिवारलाई आआर्जनका लागि सहयोग गरेको छ । सडक बालबालिकाका परिवारलाई व्यवसाय प्रारम्भ र उन्नति विषयमा तालिम दिएर दियालोले आयआर्जनका लागि सहयोग गरेको हो ।
‘सडक बालबालिकाका लागि पारिवारिक पुनर्मिलन गराउनका लागि उनीहरुका परिवारलाई आर्थिक सहयोग गरिएको हो’, दियालोका कार्यकारी निर्देशक केदार खनालले भने, ‘अहिले २० परिवारलाई सहयोग गरिएको छ । एक दुई दिनभित्रै थप पाँच परिवारलाई सहयोग गर्नेछाँै ।’
यो कार्यक्रमअन्तर्गत १० हजार रूपैयाँ बराबरको आयआर्जनका लागि सामग्री सहयोग गरिएको छ । सहयोग गरिएका मध्ये १० परिवारलाई फलफूल तथा तरकारी व्यवसाय, २ जनाको बदाम पसल र चिया नास्ता पसल, ३ परिवारलाई बाख्रापालन एवं एक–एक परिवारलाई भैँसीपालन, मासु पसल र चनाचटपट व्यवसायका लागि दियालोले सहयोग गरेको हो ।
दियालोले यसपटक बालश्रमिकहरुका लागि आयआर्जनमा सहयोग गरेको तेस्रो चरण हो । यसअघि पहिलो चरणमा २० र दोस्रो चरणमा २० गरी ४० जनाका परिवारको आयआर्जनमा दियालोले सहयोग गरिसकेको छ ।
सहयोग पाउने सडक बालबालिकाका परिवारलाई दियालोले पाँच दिन लामो व्यवसाय प्रारम्भ र उन्नति विषयमा तालिम दिने गर्छ । पछिल्लो पटक सहयोग गरेका परिवारलाई पनि पाँच दिनको तालिम सोमबारमात्रै सकिएको थियो ।
दियालो परिवारका अध्यक्ष राजेन्द्र पियाको अध्यक्षतामा सम्पन्न तालिम समापन समारोहमा जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत प्रकाशचन्द्र पौडेल, पत्रकार बसन्त पराजुली, दियालो परिवारकी कार्यक्रम अधिकृत विद्या काफ्लेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया