रत्ननगर । रत्ननगर नगरपालिकाको सात वटा वडाहरुलाई सोमबार साक्षर वडा घोषणा गरिएको छ ।
रत्ननगरमा कार्यक्रमको आयोजना गरी शिक्षा सचिव नारायणगोपाल मलेगोले वडा नं. १, ७,८, ९, १०, ११ र १३ वडालाई साक्षर घोषणा गर्नुभएको थियो । सातवटा वडाका २ हजार ९४३ जनालाई साक्षर बनाएर घोषणा गरिएका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताउनुभयो । घोषणा कार्यक्रममा शिक्षा सचिव नारायण गोपाल मलेगोले साक्षर घोषणा भएका रत्ननगरका वडाहरुले नेपाललाई साक्षर बनाउने सरकारी योजनालाई सहयोग गरेको बताउनुभयो ।
उहाँले नेपाल सरकारले पछिल्लो समयमा शिक्षातर्फ लगानी बढाउँदै जाँदा प्राविधिक शिक्षालाई विशेष प्राथमिकता दिई लागू गरेको बताउनुभयो । सो अवसरमा शिक्षा सचिव मलेगोले वैरिया माविको कम्प्युटर लाइवेरीको पनि उद्घाटन गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रमममा अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेलले घोषणा गरेर मात्र लक्ष्य प्राप्ती नहुने भन्दै कार्यान्वयन प्रक्रियालाई प्रभावकारी वनाउन जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिनुभयो । कार्यक्रममा स्वास्थ्य तथा वातावरण समाज, ज्योतिर्मय सामुदायिक केन्द्र, स्थानीय स्वरोजगार केन्द्रले गत वर्षको वैशाखदेखि साक्षरता कार्यक्रम सुरू गरेका थिए । चितवनमा अझै ४३ हजार ७०० व्यक्तिहरु निरक्षर रहेको तथ्याङ्क छ । साक्षर घोषण गर्नुअघि रत्ननगर नगरपालिकाबाट विभिन्न विद्यार्थी, आमा समूह, महिला तथा टोल सुधार समूहले साक्षर अभियानसहितको ¥याली निकालिएको थियो ।
¥याली वैरिया माविमा पुगेर सभामा परिणत भएको थियो । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, जिल्ला शिक्षा अधिकारी शर्मा, साक्षर हुनु भएका ७० वर्षीय वृद्ध डुकुकुमारी खनाललगायतले बोल्नु भएको थियो ।
Discussion about this post