अपराधीले झुटो बोलेको पत्ता लगाउने यन्त्र

अन‌ि यो पनि

काठमाडौँ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीलाई राजनीतिक, प्रशासनिक वा बाहिरी प्रभावबाट मुक्त गरी सङ्गठन सुदृढीकरण, अपराध अनुसन्धानमा तदारुकता र आन्तरिक शुद्धीकरण एवम् प्रहरी छविमा सुधार गरी सेवा प्रवाहको स्तरवृद्वि गरिने प्रतिबद्वता व्यक्त गर्नुभएको छ ।
महानिरीक्षक भएपछि पहिलो पटक आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले परिवर्तन आफैँबाट सुरु गरौँ भन्ने मान्यताका आधारमा छिटोछरितो सेवा प्रवाहलाई मूर्तरुप दिन एक महिनाभित्रै प्रधान कार्यालयमा रहेका अधिक जनशक्तिलाई अन्य कार्यालयमा खटाइने बताउनुभयो ।
“सेवा प्रवाहको सन्दर्भमा आउने गुनासोको सङ्गठनले पहिचान गरेको छ,  नागरिकमैत्री सेवामा जोड दिएर प्रहरीको आचारण व्यववहार सुधार गर्ने योजना छ,” महानिरीक्षक अर्यालले जानकारी दिनुभयो ।  झुटो बोलेको पत्ता लगाउने यन्त्र प्रयोग गरी अनुसन्धानको काम सुरु गरिन लागेको जानकारी दिँदै महानिरीक्षक अर्यालले सङ्गठनभित्र खरिद प्रक्रिया पारदर्शी गरिने तथा गुणस्तरका लागि कसैसँग कुनै पनि प्रकारको सम्झौता नगरिने बताउनुभयो ।
“अपराध अनुसन्धानलाई पीडितमैत्री बनाउने अनुसन्धान प्रणालीको विकास गरिने र पीडितले न्याय पाउने अवस्था बनाउन हालको यस क्षेत्रमा रहेको पाँच प्रतिशत जनशक्तिलाई दोब्बर बनाइनेछ,” महानिरीक्षक अर्यालले भन्नुभयो ।
उहाँले जनताका जायज गुनासोको तत्काल सुनुवाइ गर्न नागरिकसँग प्रहरी कार्यक्रम, गुनासा सुन्न सामाजिक सञ्जालको उपयोग तथा अपराध र तस्करी नियन्त्रणमा कडाइ गर्न काठमाडौँ उपत्यकाका चार निकायमा ‘डिजिटल चेकप्वाइन्ट’को स्थापना गरिने बताउनुभयो । विद्यमान प्रहरी ऐन नियममा परिमार्जन गरी कानुनी रुपमै व्यवस्थित गरिने तथा नीतिनिर्माण, सुपरीवेक्षण, अनुगमन, कार्यान्वयन र सुरक्षा सहयोग एवम् सेवा समूहमा वर्गीकरण गरी सङ्गठनलाई सुदृढ बनाइने पनि सो अवसरमा जानकारी दिनुभयो ।
सरुवाबढुवालाई पारदर्शी बनाइने, व्यावसायिक तालिम वृद्धि गर्ने, प्रणालीगत सुधार, अधिकारको प्रत्यायोजन, सामूहिक निर्णय प्रक्रियाको विकास र पारदर्र्शितालाई व्यवहारमै लागु गर्ने तथा विकट स्थानमा रहेका प्रहरीको पिरमर्का बुझ्न महिनामा एक पटक ती स्थानमा महानिरीक्षक स्वयम् पुग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
कनिष्ठ प्रहरी कर्मचारीको मनोबल वृद्धि गर्न उनीहरुलाई फाइदा हुने गरी शिक्षा, स्वास्थ्य र आवासका योजना ल्याइने तथा सहकारीको अवधारणासमेत कल्याणकारी योजनाअन्तर्गत राख्न आवश्यक गृहकार्य गरिने उहाँको भनाइ थियो । रासस

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया