धनगढी । सेती अञ्चल अस्पताल धनगढीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयले आज छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
कार्यालयका प्रमुख शिवराज कोइरालाको नेतृत्वको टोलीले अञ्चल अस्पतालमा भएको अनियमितताका विषयमा परेको लिखित उजुरीका आधारमा छापा मारी छ÷सातवटा फाइल नियन्त्रणमा लिएको हो । कोइरालाले अस्पतालको भवन रङरोगन गर्दा अनियमितता भएको र आवश्कताभन्दा बढी कर्मचारी प्रक्रिया नपु¥याई भर्ना गरिएको उजुरी परेकाले अनुसन्धानका लागि फाइल नियन्त्रणमा लिइएको बताउनुभयो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा गणेशवहादुर सिंहले अनियमितता भएको भन्ने भनाइ गलत भएको जिकिर गर्नुभयो । रासस
Discussion about this post