राष्ट्रपतिबाट परामर्श जारी

अन‌ि यो पनि

काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको बैठक बोलाउने विषयमा आज पनि संघीय समाजवादी दलका अध्यक्ष अशोककुमार राईसँग राष्ट्रपति निवास शीतल निवासमा परामर्श गर्नुभएको छ ।
सो भेटपछि अध्यक्ष राईले राष्ट्रपतिबाट नै बैठक बोलाउने अन्तर्राष्ट्रिय प्रचलन भएपनि सो मुद्दा हाल अदालतमा विचाराधीन भएकाले आफूले कुनै सुझाव नदिएको पत्रकारलाई बताउनुभयो । उहाँले छिटोभन्दा छिटो विवाद टुङ्ग्याएर संविधानसभाको बैठक सुचारु गर्न राष्ट्रपतिले ध्यानाकर्षण गर्नुभएको उल्लेख गर्नुभयो ।
संविधानसभाको बैठक राष्ट्रपतिले वा प्रधानमन्त्रीले कसले बोलाउने हो यस विषयमा सहमति हुन नसकेपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ ।
राष्ट्रपति डा यादवले हिजो पनि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायतका साना दलका नेतासँग भेटवार्ता गर्नुभएको थियो । रासस

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया