ADVERTISEMENT
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘साक्षरमात्र घोषणा गरेर हँुदैन’

by चितवन पोष्ट
२०७० पुष २२, सोमबार ०३:१२ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । शिक्षा सचिव नारायणगोपाल मलेगोेले साक्षर घोषणा स्वस्थ प्रतिस्पर्धाको रूपमा अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।
जिल्ला शिक्षा कार्यालय चितवनले आइतबार रत्ननगरमा आयोजना गरेको साक्षर चितवन अभियानको समीक्षा तथा अन्तत्र्रिmया कार्यक्रममा बोल्दै सचिव मलेगोले साक्षर घोषणा अस्वस्थ्य नभई स्वस्थ्य प्रतिस्पर्धाको रूपमा बढ्नुपर्ने बताउनुभयो । साक्षर घोषणा गरेर पर्याप्त नहुनेमा जोड दिनु भएको उहाँले प्रभावकारी अनुगमन पनि हुनुपर्ने बताउनुभयो ।
घोषणा गरेर त्यसबाट मुक्त हुन नपाउने भन्दै सचिव मलेगोले निरन्तर अनुगमन गरिरहनु पर्नेमा जोड दिनुभयो । सरकारी निकायबाट पनि अनुगमन भइरहेको जानकारी दिँदै उहाँले यसमा गैरसरकारी संघसंस्था, राजनीतिक दल तथा सरोकारवाला सबैले गरेका प्रतिबद्धता व्यवहारमा लागू हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेल, प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा, रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत शहदेवप्रसाद श्रेष्ठ, नेपाली कांग्रेश चितवनका सभापति टेकप्रसाद गुरूङ, नेकपा एमाले जिल्ला अध्यक्ष जेएन थपलिया, एकिकृत नेकपा माओवादी जिल्ला संयोजक घनश्याम दाहाल, नेकपा माओवादी जिल्ला इन्चार्ज गुणराज लोहनीलगायतले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने राजनीतिक दलका प्रमुखहरुले साक्षर चितवन घोषणाका लागि आआफ्नो पार्टीबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले साक्षर चितवन घोषणाका लागि भएका र हुन बाँकी रहेका कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा जिल्ला शिक्षा अधिकारी शर्माले आज सोमबार रत्ननगरका विभिन्न ८ वटा वडालाई साक्षर वडा घोषणा गर्ने पनि बताउनुभयो । कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी शम्भुप्रसाद पौडेल, अनौपचारिक शिक्षा केन्द्रकी मुक्त पोखरेलले साक्षर चितवन अभियानका सन्द्रर्भमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रतिवेदनमा यो वर्ष चितवनका २४ गाविस, रत्ननगरका ५ तथा भरतपुर नगरपालिकाका १२ वटा वडालाई साक्षर घोषणा गर्ने लक्ष्य लिइएको उल्लेख छ । कार्यक्रम अनौपचारिक शिक्षा केन्द्र चितवनका प्रमुख एवम् निमित्त स्थानीय विकास अधिकारी जगदीश शर्माको अध्यक्षतामा भएको थियो ।

Related Posts

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

रत्ननगरमा बालविवाहविरुद्ध प्रतिबद्धता

दुई दिनदेखि हवाई उडान प्रभावित

दुई दिनदेखि हवाई उडान प्रभावित

इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

Discussion about this post

अन‌ि यो पनि

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ : नेकपाका नेता
राजनीति

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ : नेकपाका नेता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं सरकारका वरिष्ठ मन्त्रीहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मकरुपमा प्रतिनिधिसभा...

Read more
खैरहनी नगरपालिकाको ६ महिनामा ६ करोड राजस्व संकलन

खैरहनी नगरपालिकाको ६ महिनामा ६ करोड राजस्व संकलन

भरतपुर महानगरको सिटी हल निर्माणको काम धमाधम

भरतपुर महानगरको सिटी हल निर्माणको काम धमाधम

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

रत्ननगरमा बालविवाहविरुद्ध प्रतिबद्धता

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In