भरतपुर । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डका विषयमा पछिल्लो पटक देखिएको सरकारी रवैयाप्रति नेपाल तरूण दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हत्याको अनुसन्धानका लागि भन्दै दुईजना व्यक्तिहरुलाई पक्राउ गरी केहि दिन हिरासतमा समेत राखेर उनीहरूलाई विना अनुसन्धान छाडिनुले कानुनी राजप्रति नै उपहास भएको विज्ञप्तिमा उल्लेख छ ।
तरूण दलका केन्द्रीय सदस्य सुबोध प्रधानले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ‘अधिकारीका आमाबुबा छोराको हत्यारालाई कारबाहीको माग गर्दे आमरण अनसनमा बसिरहँदा उनीहरुको अनसन तोडाउने अभिप्रायले मात्र गरिएको गिरफ्तारी देख्दा नेपाल तरूण दललाई मात्र होइन सबैलाई उदेक लागेर आएको अवस्था हो ।’
सरकारी पक्षलाई त्यस्तो घृणित नाटक तुरून्त बन्द गरी अधिकारीको हत्यारा पत्ता लगाई तुरून्त कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।
Discussion about this post