धादिङ । उत्तरी धादिङको दाखा–६ निवासी एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।
शुक्रबारदेखि सम्पर्कबाहिर रहेका २५ वर्षीय गंगालाल तमाङको शव शनिबार साँझ ५ बजेतिर सत्यदेवी गाविस–३ स्थित एक खेतमा स्थानीय बासिन्दाले फेला पारेका थिए । घटनाबारे प्रहरीबाट अनुसन्धान भइरहेको छ ।
त्यस्तै एक महिनादेखि हराइरहेका उत्तरी धादिङकै गुम्दी–९ निवासी ४५ वर्षीय नेवा तामाङको शव शनिबार फुलखर्क गाविस वडा नं ५ को छाङा भन्ने ठाउँमा फेला परेकाले त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
Discussion about this post