भरतपुर । नेपाल संस्थागत विद्यालय शिÔक युनियन (नेपाल इस्टु) चितवनले आह्वान गरेको अनिश्चितकालीन निजी विद्यालय बन्द स्थगित गरेको छ ।
शनिबार प्याब्सनका प्रतिनिधि र आन्दोलनरत शिक्षकबीच भएको वार्ताले पुनः बैठक बसेर निकास निकाल्ने सहमति गरेपछि आन्दोलन स्थगित भएको हो ।
यसअघिे उनीहरूले पठनपाठन ठप्प गरेर स्कुल अनिश्चितकालीन बन्दको आह्वान गरेका थिए । आज आइतबार पुनः बैठक बस्ने र २२ गतेसम्ममा निकास निकाल्ने सहमति भएको नेपाल इष्टुका नारायणी अञ्चल संयोजक केशवराज पाठकले बताउनुभयो । सरकारले सरकारी कर्मचारीलाई तोकेको तलबभत्ता सरह सेवा दिनुपर्ने माग शिक्षकको छ ।
विद्यालय सञ्चालकले शिÔकको श्रम शोÈण गरेको भन्दै नेपाल इष्टुसँग आबद्ध शिक्षकले विद्यालय बन्दको आह्वान गरेका थिए । २२ गतेसम्ममा निकास नआए पुनः आन्दोलन गर्ने पाठकले बताउनुभयो । नेपाल इष्टुका अध्यक्ष विष्णुबहादुर भुजेलले गएको असोज ५ गते भएको सहमतिसमेत कार्यान्वयन नभएको भन्दै बन्द आह्वान गरिएको बताउनुभयो ।
शनिबार नारायणगढमा भएको छलफलमा सहभागी डेजी उच्चमाविका सञ्चालक प्रेम रिमालले शिक्षकलाई तलब उपलव्ध गराउने विषयमा छलफल गरेर निकास निकाल्ने सहमति भएको बताउनुभयो । यसका लागि शुल्कवृद्धि अनिवार्य भएको उहाँको भनाइ छ ।
सरकारले सरकारी कर्मचारीलाई बढाएको सरह सेवासुविधा उपलव्ध गराउनुपर्ने, शिक्षाकको हकअधिकार सुरक्षित हुनुपर्नेलगायतका माग गरेर शिक्षक विगत एक वर्षदेखि आन्दोलित हुँदै आएका छन् ।
Discussion about this post