भरतपुर । चितवनमा रहेका दुग्ध कृषकहरुले उचित दूधको बिक्री मूल्य पाउन नसकेको गुनासो गरेका छन् । शनिबार चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १४ औँ बार्षिक साधारण सभामा बोल्ने किसानहरुले चितवनका विभिन्न क्षेत्रमा संचालित दुग्ध व्यवसाय प्रभावकारी बन्दै गएपनि उत्पादित दूधको उचित बजार मुल्य नसकेको बताएका छन् । चितवनमा करीव १ लाख ५० हजार दुध दैनिक उत्पादन भएपछि ७५ प्रतिशत काठ्माण्डौ निर्यात गर्नुपर्ने अवस्था छ ।
जिल्ला दुग्ध उत्पादाक सहकारी संघ मा १ सय ४८ वटा प्रारम्भिक दुग्ध सहकारी आवद्ध छन् । दूध र दूधबाट बनेका परिकार, पदार्थको प्रयोग विश्वका सबै देश र स्थानहरुमा बढि खपत हुने भएपनि चितवनका सहकारीहरु दुध संकलनमा मात्रै केन्द्रित बनेका छन् । दुग्ध सहकारीले २ सय लिटर देखि ७ हजार लिटर दुध संकलन गर्ने गरेका छन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका कार्यवाहक अध्यक्ष रामहरी दवाडिले पशुपालन र दूध उत्पादन निर्वाहमुखी र परम्परागत रहँदै आएकोमा, आधुनिक व्यावसायिकतातर्फ उन्मुख रहेको भए तापनि किसानले पर्याप्त सहयोग पाउन नसकेको बताउनुभयो । यद्यपि दुध उत्पादनमा वृद्धि भएपनि विगत ४ वर्ष यता दुधको मुल्य गतसालको माघ देखि लाघु हुने गरी प्रतिलिटर दुधको एक रुपैया २५ पैसाले मात्रै वृद्धि भएका भन्दैे दुग्ध उत्पादक सहकारी संघका निर्वतमान अध्यक्ष शंकरराज भण्डारीले गुनासो गर्नु भयो ।
Discussion about this post