नारायणगढ । उत्पादन भएको ३० दिनभित्र सिमेन्ट प्रयोग गरिसक्नुपर्ने सिमेट विज्ञहरुले बताएका छन् । शनिबार भरतपुरमा सिमेन्ट सामाग्री उत्पादक समिति चितवन, नवलपुरका सिमेन्ट सामग्री उद्योगीको प्रथम भेलामा बोल्ने विज्ञहरुले ३० दिनभन्दा बढी भयो भने सिमेन्टको गुणस्तर घट्ने भन्दै ३० दिनभित्र प्रयोग गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा शालिमार सिमेटका इन्जिनियर सरोजकुमार श्रीवास्तवले सिमेन्टलाई हावा नछिर्ने ठाउँमा राख्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागिले कंक्रिटजन्य सामग्रीलाई दिगो निर्माणका अभ्यास परियोजनाले तोकेको मापदण्डमा उत्पादन गर्न सुझाव दिएका थिए । सिमेन्ट सामग्री उत्पादकहरु संगठित हुन नसकेको भन्दै उद्यमीहरुले सिमेन्ट सामग्री उद्योगहरुको व्यवसायिक प्रबद्र्धन गर्न एकत्रित भई अघि बढ्ने सिमेन्ट सामगी्र उत्पादन समितिका संयोजक महादेव शर्माले बताउनुभयो ।
कार्यक्रममा उद्योग अधिकृत अर्जुन राई, चितवन उद्योग संघका कृष्णप्रसाद अधिकारी, उद्योग संघका सल्लाहकार हरि प्रसाद सुवेदि,सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयका सुरेश खनाल लगायतले बोलेका थिए । घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका उद्योग अधिकृत अर्जुन राई प्रमुख अतिथि रहनुभएको कार्यक्रम समितिका अध्यक्ष महादेव शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका अन्य अतिथिहरुमा चितवन उद्योग संघका अध्यक्ष कृष्णप्रसाद अधिकारी, समितिका सल्लाहकार हरिप्रसाद सुवेदी, दिगो निर्माणका अभ्यास परियोजना कोअडिनेटर चुडामणि भट्टराई, नेपाल क्रेट उत्पादक संघका अध्यक्ष एकनारायण गैरे, नेपाल मत्स्य व्यवसायी संघका जोगेन्द्र महतोलगायत रहेका थिए ।
Discussion about this post