ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

साना किसान बछौली नाफामा

by चितवन पोष्ट
२०७० पुष २१, आईतवार ०३:४१ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बछौली । साना किसान कृषि सहकारी संस्था बछौलीले एक वर्षमा ४२ लाख नाफा गर्न सफल भएको छ ।
शनिबार संस्थाको १६ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनले आर्थिक वर्ष २०६९÷७० मा १ करोड ९७ लाख ७९ हजार आम्दानीमा १ करोड ५५ लाख ७८ हजार खर्च कटाएर ४२ लाख ११ हजार खुद नाफा गरेको उल्लेख गरिएको छ । कृषि, साना व्यवसाय, वैदेशिक रोजगार, पशुपालन, उद्योग भवन निर्माणलगायतका कार्यमा समूहमार्फत ऋण लगानी गर्दै आएको सो संस्थाले अहिलेसम्म १२ करोड ७३ लाख ऋण लगानी गरिसकेको संस्थाका प्रबन्धक रामहरि दाहालले जानकारी दिनुभयो ।
सो संस्थाले एक वर्षमा आम्दानी गरेको रकमबाट शेयर सदस्यहरुलाई कारोबारको आधारमा २० लाख शेयर लाभांश वितरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । कृषि सहकारी संघ चितवनका जिल्ला सदस्य तेजप्रसाद बर्तौला प्रमुख अतिथि रहनुभएको  कार्यक्रममा लेखा समितिका संयोजक लवचन्द्र अधिकारीले आर्थिक तथा प्रगति प्रतिवेदन तथा संस्थाका प्रबन्धक रामहरि दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उत्कष्ट ४ वटा अन्तर समूह, बढी शेयर भएका ४ जना, बढी बचत गर्ने महिला समूह तथा एक दर्जन उत्कृष्ट कृषकहरुलाई साधरणसभाको अवसरमा सम्मान तथा पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष गोपी लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्य गोविन्दराज नेपाल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासुदेव चापागाई, जनप्रगति सहकारी संस्थाका लेखा समिति संयोजक गोविन्दप्रसाद रिजाल, जनकौली मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष घनश्याम तिमल्सिना, बछौली उच्च माविका प्राचार्य शिवराम मरहठ्ठा, पूर्वअध्यक्ष हरिनारायण अधिकारी, संस्थाकी उपाध्यक्ष देवकी अधिकारीलगायतले बोल्नुभएको थियो ।
त्यस्तै, वीरेन्द्रनगरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः हरिप्रसाद पौडेल चयन हुनु भएको छ । संस्थाको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा वालानन्द कँडेल तथा सदस्यहरुमा कमला पुन, भुवानीप्रसाद कँडेल, भोलानाथ भुषाल, रामप्रसाद नेपाल, कृष्णमाया पुडासैनी चयन भएका छन् ।

Related Posts

Chitwan Post

खैरहनीमा मनाइयो महिला दिवस

पिठुवा खानेपानीको चौंथो साधारण सभा

पिठुवा खानेपानीको चौंथो साधारण सभा

सारथि साकोसमा ९६ जनाले गरे रक्तदान

सारथि साकोसमा ९६ जनाले गरे रक्तदान

Discussion about this post

अन‌ि यो पनि

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध
राजनीति

अनेमसंघ रत्ननगर नगर कमिटी गठन

रत्ननगर । अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटी गठन गरिएको छ । आइतबार सम्पन्न प्रथम विस्तारित भेलाले विरञ्जना घिमिरे...

Read more
प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

Chitwan Post

खैरहनीमा मनाइयो महिला दिवस

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

पिठुवा खानेपानीको चौंथो साधारण सभा

पिठुवा खानेपानीको चौंथो साधारण सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In